जिल्ला सहकारी संघ काठमाडौंकाे २३औं साधारणसभा सम्पन्न
काठमाडौं : राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के बी उप्रेतीले नेतृत्व तहले मात्रै सहकारीका समस्या समाधान गर्न नसक्ने बताएका छन् । जिल्ला सहकारी संघ लि. काठमाडौंकाे २३औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले साधारणभामा बोलाउँदा नआउने र राज्यलाई दवाव दिन जाउँ भन्दा तयार नहुने भएपछि नेतृत्वले मात्रै केहि गर्न नसकिने प्रष्ट पारे । संघहरुले कति वित्तीय कारोबार गरे भन्दा पनि सदस्य संस्थाहरुको समस्या समाधानमा कत्तिको लबिइङ र एड्भोकेसी गरे भन्ने कुरा महत्वपूर्ण रहेको उनको भनाई छ ।
अहिले उपत्यकाका सयौं सहकारीकर्मी एकिकरण गरिदिनुपर्याे भन्दै आफुकहाँ आउने गरेको उनले जनाए । बचत ऋणको कारोबार गर्ने सहकारीमा जोखिम बढी हुने भएकाले वित्तीय पारदर्शिता र संस्थागत सुशासनमा ध्यान दिनुपर्नेमा उनले जोड दिए । समस्या सहकारी क्षेत्रमा मात्र नभई समग्र अर्थप्रणालीमा नै रहेको उनले औंल्याए । सहकारी क्षेत्रलाई बचाउन लाग्नुपर्ने भन्दै त्यसका लागि अभियानका तर्फबाट ५ अर्ब र राज्यकोषबाट १० अर्ब जम्मा गरेर सहकारी बैंकमार्फत तरलता व्यवस्थापनमा सघाउने वातावरण बनाउनु अहिलेको आवश्यकता रहेको उनको भनाई छ । यसका लागि प्रमुख राजनीतिक दलका नेतृत्व, अर्थमन्त्रालय, सहकारी मन्त्रालय र विभागमा पुगेर ज्ञापनपत्र बुझाइसकेको समेत उनले प्रष्ट पारे ।
अभियानले उठाएका माग सम्बोधन नभए आन्दोलन गर्न समेत तयार हुनुपर्ने उप्रेतीको भनाई छ । घरजग्गामा गरेको लगानी र सञ्चालक आफैंले पैसा चलाएर सहकारी अभियान सुदृढ नहुने भन्दै उनले सदस्य र समुदायको समृद्धिका लागि संस्थाहरुले काम गर्नुपर्नेमा जोड दिए । ‘सहकारी क्षेत्रलाई सुदृढ गर्ने कुरामा तपाईंहरुकै भूमिका रहन्छ’, उनले थपे ‘राजनीतिक पार्टीले सहकारी बुझेको र असल व्यक्ति नेतृत्वमा पठाउनुपर्छ, तबमात्र अभियान सुध्रिन्छ ।’ ‘पैसाले मात्रै सहकारी संस्थाको समस्या समाधान हुने होइन, संस्था र सदस्यबीचको बलियो सम्बन्ध नै समस्या समाधानको उपाय हो’, उनले भने । सन्दर्भ ब्याजदरलाई तत्काल पुनरावलोकन गर्न र स्वचालित बनाउन आवश्यक भएको भन्दै उप्रेतीले सहकारी ऐनमा भएका ऋण असुली, कालो सूचि, कर्जा सूचना केन्द्र जस्ता व्यवस्था तत्काल कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिए ।
सभामा संघका अध्यक्ष ज्ञानबहादुर तामाङले आर्थिक वर्ष २०७८।७९ को वार्षिक समीक्षा तथा आ.व. २०७९/०८० को नीति, योजना तथा कार्यक्रम सभामा प्रस्तुत गरेका थिए । कोभिड १९ र रुस–युक्रेन युद्धका कारण विश्वमा आएको आर्थिक मन्दीले मुलुकको अर्थतन्त्रलाई असर गर्दा त्यसको प्रभाव सहकारी क्षेत्रमा परेको भन्दै उनले समस्या समाधानका लागि राज्य र अभियानको उपल्लो निकायलाई घच्घच्याएको बताए । यस आ.व.मा सहकारी शिक्षा तथा तालिमलाई प्रभावकारी रुपमा अगाडि बढाउने, बागमती प्रदेशले जारी गरेको अनुगमन निर्देशिकाको अधिनमा रही अनुगमनलाई तिब्रता दिने, संस्था एकिकरणमा संघको भूमिकालाई प्रबल बनाउने र संघका कामकारवाहीलाई थप पारदर्शी बनाउँदै लैजाने अध्यक्ष तामाङले उल्लेख गरे ।
सभामा लेखा सुपरीवेक्षण समितिको तर्फबाट संयोजक सुमन केसीले प्रतिवेदन प्रस्तुत गर्दै संघको सञ्चित नोक्सानीलाई क्रमशः कम गर्दै नाफामा लैजान ठोस कार्यक्रम बनाएर अगाडि बढाउनुपर्ने बताए ।
सभामा संघका उपाध्यक्ष खेम सुवेदीले स्वागत मन्तब्य राख्दै जिल्लाको सहकारी अभियानलाई सुशासनयुक्त र पारदर्शि बनाउन संघको भूमिका सुदृढ बनाउनुपर्ने उल्लेख गरे । जिल्लामा रहेका १९६५ संस्था संघमा आवद्ध रहेका छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
