रेडक्रस भवन बनाउन पोखरा रोयल सहकारीको सहयोग
कास्की : पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले नेपाल रेडक्रस सोसाईटी, कास्की शाखाको भवन निर्माणको लागि १ लाख ११ हजार एक सय ११ रुपैयाँसहयोग गरेको छ ।
संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्ने उद्देश्य बमोजिम एक कार्यक्रमका बीच संस्थाका अध्यक्ष रुद्रकुमारी गुरुङ्गले नेपाल रेडक्रस सोसाईटी कास्की शाखाका सभापति डोलराज पाण्डेलाई सो रकम बराबरको चेक हस्तान्तरण गरिन् ।
उक्त अवसरमा अध्यक्ष गुरुङ्गले रेडक्रस जस्तो पवित्र संस्थालाई सहकारीले सहयोग गर्न पाएकोमा गर्व महसुस भएको बताउँदै रेडक्रसले थालेको अभियानको सफलताको कामना गरिन् ।
सहयोग हस्तान्तरण कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी कास्कीका सभापति डोलराज पाण्डेले पोखरा रोयल सहकारीको सहयोगप्रति धन्यवाद ज्ञापन गर्दैयसबाट अन्य सहकारीलाई पनि थप प्रेरणा र हौसला मिलेको बताए । बहुउद्धेश्यीय भवन निर्माणको अन्तिम चरणम रहेको समेत जानकारी गराए । कार्यक्रममा सहकारी संस्था तथा रेडक्रस सोसाईटीका अन्य पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।
पोखरा रोयल सहकारीले विगतदेखि नै सदस्य केन्द्रित बचत तथा ऋणको कारोबारको अलवा समुदाय केन्द्रित रहि सेवा र सहयोगको कार्यहरु गर्दै आईरहेको छ । खासगरि समुदायमा आधारित रहेर दुखमा परेको सदस्यहरुलाई आर्थिक तथा भौतिक सहयोग, नियमित निशुल्क स्वास्थ्य परिक्षण, असाहय बालबालिकालाई आर्थिक सहयोग, न्यानो पोशाक वितरण, कोभिड कालमा नगद तथा जिन्सी सहयोग, आमा समूह तथ विभिन्न सामुदायिक केन्द्रहरुमा भौतिक सहयोग, मानव सेवा आश्रम, धुर्मुस सुन्तली फाउण्डेसन, भुकम्प पिडितलाई आर्थिक तथा भौतिक सहयोग जस्ता क्षेत्रहरुमा सहयोग प्रदान गर्दै आईरहेको संस्थाका सूचना अधिकारी मीलन ढकालले बताए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
