२३ कात्तिक २०८३, सोमबार

पोखरा रोयलमा थपियो १६ करोड, तरलता २४ प्रतिशत पुग्यो

२०७९ पुष २४, आईतवार
पोखरा रोयलमा थपियो १६ करोड, तरलता २४ प्रतिशत पुग्यो

कास्की : पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले केही समय अगाडि सञ्चालनमा ल्याएकोे १०० दिने बचत संकलन अभियानको आईतबार समापन गरेको छ ।

संस्थाले १०० दिनमा १० करोड आवधिक बचत निक्षेप संकलन गर्ने लक्ष्यका साथ अभियान शुभारम्भ गरेको थियो । उक्त अभियानका क्रममा २३२ जना सदस्यहरु सहभागी हुँदै १६ करोड बढी निक्षेप संकलन गर्न संस्था सफल भएको संस्थाका प्रमुख कार्यकारी अधिकृत भीमबहादुर गुरुङ्गले जानकारी दिए ।

हाल संस्थामा ८ हजार ७ सय १० जना सदस्य आवद्ध भएका छन् । संस्थाको २१ करोड शेयर पूँजी, १५ करोड ७३ लाख जगेडा कोष, १ अर्ब ६४ करोड बचत निक्षेप, १ अर्ब ८० करोड ऋण लगानी रहेको छ । संस्थाको कुल वासलात २ अर्ब २३ करोड रहेको प्रमुख कार्यकारी अधिकृत गुरुङ्गले बताए ।

त्यस्तै संस्थासँग २४ प्रतिशत तरलता रहेको छ । संस्थाले आगामी ५ वर्षभित्रमा २५ हजार शेयर सदस्य, ५ अर्बको वासलात र संस्थाको सेवा गण्डकी प्रदेशभर विस्तार गर्ने लक्ष्य लिएको संस्थाका सूचना अधिकारी मीलन ढकालले जानकारी दिए ।

जनप्रतिनिधीहरुलाई पोखरा रोयलको सम्मान, सहकारीका समसामयिक विषयमा अन्तरक्रिया

अभिलेख

लोकप्रिय