जनप्रतिनिधीहरुलाई पोखरा रोयलको सम्मान, सहकारीका समसामयिक विषयमा अन्तरक्रिया
कास्की : पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले प्रदेश सभा निर्वाचन- २०७९ तथा स्थानीय तह निर्वाचन- २०७९ बाट निर्वाचित सदस्यहरुलाई स्वागत तथा सम्मान गर्दै समसामयिक विषयमा अन्तरक्रिया गरेको छ ।
संस्थाका अध्यक्ष रुद्रकुमारी गुरुङ्ग (मैना)को अध्यक्षतामा भएको सदस्य सम्मान कार्यक्रममा संस्थाका सदस्यहरु गण्डकी प्रदेश सभामा कास्की निर्वाचन क्षेत्र नं १ (ख) बाट निर्वाचित बेदबहादुर गुरुङ्ग, तनहुँ निर्वाचन क्षेत्र नं. २ (क) बाट निर्वाचित श्यामराजा महत, मादी गाँउपालिकाका उपाध्यक्ष कल्पना गुरुङ्गले नेपालकै उत्कृष्ट सहकारी पोखरा रोयलमा सदस्य हुन पाएकोमा आफुहरुलाई गौरव लागेको अनुभव सेयर गरेका थिए । उनीहरुले सहकारीको सफल उदाहरणलाई अन्य स्थानमा समेत अनुशरण गर्नुपर्ने र सहकारीको गतिविधिलाई गण्डकी प्रदेश भर लैजान आफुहरुको साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गरेका थिए ।
कार्यक्रममा संस्थाले गण्डकी प्रदेशसभा सदस्यद्धय गुरुङ्ग र महत, गाँउपालिका उपाध्यक्ष गुरुङ्ग लगायत पोखरा महानगरपालिकाका, शुक्लागण्डकी नगरपालिका तनहुँ, भीमाद नगरपालिका तनहूँ, मादी गाँउपालिका कास्की, आँधीखोला गाँउपालिका स्याँङ्गजा, रिसिङ्ग गाँउपालिका तनहुँका विभिन्न वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य र वडा सदस्यहरु गरी २८ जना जनप्रतिनिहरुलाई संस्थाका अध्यक्ष रुद्रकुमारी गुरुङ्गले स्वागत तथा सम्मान गरेकी थिईन ।
यसैबीच संस्थाले केही समय अगाडि सञ्चालनमा ल्याएकोे १०० दिने बचत संकलन अभियानको समापन पनि गरेको छ । १०० दिनमा १० करोड आवधिक बचत निक्षेप संकलन गर्ने लक्ष्यका साथ शुभारम्भ गरिएको कार्यक्रममा २३२ जना सदस्यहरु सहभागी हुँदै १६ करोड बढी निक्षेप संकलन गर्न सफल रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत भीमबहादुर गुरुङ्गले बताए ।

हाल संस्थामा ८ हजार ७ सय १० जना सदस्य, २१ करोड शेयर पूँजी, १५ करोड ७३ लाख जगेडा कोष, १ अर्ब ६४ करोड बचत निक्षेप, १ अर्ब ८० करोड ऋण लगानी र २ अर्ब २३ करोड कुल वासलात रहेको रहेको छ । त्यस्तै संस्थासँग २४ प्रतिशत तरलता रहेको छ । संस्थाले आगामी ५ वर्षभित्रमा २५ हजार शेयर सदस्य, ५ अर्बको वासलात र संस्थाको सेवा गण्डकी प्रदेशभर विस्तार गर्ने लक्ष्य लिएको संस्थाका सूचना अधिकारी मीलन ढकालले बताए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
