२३ कात्तिक २०८३, सोमबार

नवजीवन सहकारी, धनगढीलाई ‘साझा सेवा सहकारी पुरस्कार’

२०७९ पुष २३, शनिवार
नवजीवन सहकारी, धनगढीलाई ‘साझा सेवा सहकारी पुरस्कार’

काठमाडौं : २०७९ सालको कमलमणि स्मृति साझा सेवा सहकारी पुरस्कार कैलाली जिल्लाको धनगढी स्थित नवजीवन सहकारी संस्था लि. लाई प्रदान गरेको छ । साझा सेवा सहकारी संस्थाले सहकारीको माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याएको भन्दै नवजीवन सहकारीलाई उक्त पुरस्कार प्रदान गरेको हो । उक्त पुरस्कारको राशी ५० हजार रुपैयाँ रहेको छ ।

वि.सं.२०२६ सालदेखि संस्थाका संस्थापक सञ्चालक तथा अध्यक्ष रही संस्थाको नेतृत्वदायी भूमिका, दिगो विकास र स्थायित्व प्रदान गर्न स्व. कमलमणि दीक्षितको अथक योगदान स्वरुप उक्त पुरस्कारको स्थापना गरिएको हो ।

साझा सेवा सहकारीको ३८ औं साधारण सभाको अवसरमा उक्त पुरस्कार भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मीबाट नवजीवन सहकारीका अध्यक्ष देब बहादुर बमलाई नगदसहित सम्मानपत्रबाट सम्मानित गरिएको थियो । वि.सं.२०७५ सालदेखि सो पुरस्कार प्रदान गरिँदैं आइएको संस्थाका अध्यक्ष शङ्करप्रसाद पाण्डे जानकारी दिए ।

अध्यक्ष पाण्डेले साझा सेवाले आफ्नो ब्यवसायिक सेवा सर्वसाधारणमा पुर्याउँदैं सहकारीको माध्यमबाट बिशिष्ट सेवा पुर्याउने सुदूरपश्चिमको सहकारी संस्थालाई नगद पुरस्कार सहित सम्मान गर्न पाएकोमा खुशी ब्यक्त गरेका थिए । कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मीज्यूले साझा सेवाले पुरस्कारको माध्यमबाट सहकारीको प्रवद्र्धनको कार्य गरेकोमा धन्यवाद दिएका थिए । पुरस्कारले सहकारीहरुको उत्थान र विकासमा थप सहयोग ता टेवा पुग्ने समेत बताए । कार्यक्रममा सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले पुरस्कारका लागि उत्कृष्ट संस्था छनोट गरेको बताए ।

राष्ट्रिय सहकारी महासंघका महाप्रबन्धक चित्रा कुमारा थामसुहाङ सुब्बाले नवजीवन सहकारी नेपालकै उत्कृष्ट संस्था रहेको भन्दै संस्थाले सदस्यहहरुको जन्मदेखि मृत्युसम्मका सेवा प्रदान गर्दै आएको बताईन । नवजीवन सहकारीले सदस्य सेवामा गरेका कामहरुबाट अन्य सहकारीले पनि सिक्नुपर्ने बताईन ।

पुरस्कृत संस्था नवजीवनका अध्यक्ष देबबहादुर बमले यस पुरस्कारबाट सहकारी प्रतिको कर्तव्य र दायित्वलाई अघि बढाउन अझ बढी प्रेरणा प्राप्त भएको बताए । पुरस्कारले थप दायित्व समेत बढेको बताए । त्यसैगरी साहित्यकार तथा समाजसेवी यादव खरेलले कमलमण्मि दीक्षितले देशलाई पु¥याएको योगदान बारे चर्चा गरेका थिए ।

यसै बीच साझा सेवा सहकारीले ३८ औं साधारण सभा सम्पन्न गरेको छ । २०२६ सालदेखि निरन्तर रुपमा सर्व साधारणलाई सर्वसुलभ र विश्वसनीय सेवा पुर्याउँदै आएको संस्थाले इन्धनको बिक्री वितरण तथा इन्धन ढुवानी तथा अनुदानित मल, ग्याँस, सिमेण्ट लगायतमा आफ्नो सेवा केन्द्रित राखेको छ । संस्थाले पूर्ण क्षमताको विद्युतीय चार्जिङ स्टेशन सञलनमा ल्याएको छ भने चाँडै नै नेपाली उत्पादित वस्तु तथा कृषिजन्य वस्तुहरुको बिक्री वितरण सेवा सर्वसाधारणलाई पुर्याउने कार्यक्रम संस्थाले अघि सारेको छ ।

अभिलेख

लोकप्रिय