स्थिरीकरण कोषबाट २ वटा सहकारी संस्थाले पायो तरलता सापटी
काठमाडौं : बचत तथा ऋण सहकारी संस्था सम्बन्धी स्थिरीकरण कोषले २ वटा सहकारी संस्थालाई तरलता सापटी प्रदान गरेको छ ।
तरलता सापटी पाउने संस्थामा डाँफे बचत तथा ऋण सहकारी संस्था लि. झापा र श्री माई बज्रबाराही बचत तथा ऋण सहकारी संस्था लि. ललितपुर रहेका छन् ।
कोषको आज काठमाडौंमा सम्पन्न पहिलो बार्षिक परामर्श बैठकबाट ती संस्थालाई तरलता सापटी प्रदान गरेको हो । डाँफे साकोसले ९० लाख रुपैयाँ र श्री माई बज्रबाराही साकोसले ३० लाख रुपैयाँ तरलता सापटी पाएका छन् ।
बचत तथा ऋण सहकारी संस्था सम्बन्धी स्थिरीकरण कोष स्थापना तथा सञ्चालन कार्यविधि २०७६ को दफा ८ बमोजिम सहभागिता योग्यता पुगेका सहकारी संस्थाहरु मध्येबाट दफा २३ बमोजिम कोषले तरलता सापटी प्रदान गरेको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मी र राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेलले संयुक्त रुपमा ती संस्थालाई सापटी रकम हस्तान्तरण गरेका हुन् ।
आर्थिक वर्ष २०७८/०७९ सम्ममा २ सय ६२ सहकारी संस्थाले कोषमा योगदान गरेका छन् । ती संस्थाले ११ करोड ३६ लाख ११ हजार १ सय ३९ रुपैयाँ कोषमा योगदान गरेका छन् । चालु आर्थिक वर्षमा थप ९ वटा सहकारी संस्थाले कोषमा योगदान गरेका छन् । हालसम्म कोषमा योगदान गर्ने सहकारी संस्थाको संख्या २ सय ७१ पुगेका छन् ।
२०७९ जेठ २७ गते २ सय ६२ संस्थाहरुको सहभागितामा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट कोषको स्थापना भएको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
