फेवा सहकारीले बनायो ४ वर्षे रणनीति, निक्षेप लक्ष्य २ अर्ब ५० करोड
पोखरा : फेवा बचत तथा ऋण सहकारी संस्थाले रणनीतिक योजना तर्जुमा गोष्ठी सम्पन्न गरेको छ । संस्थाले २४ औं वार्षिकोत्सवको अवसरमा कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ७ धम्पुषमा दुई दिने गोष्ठीको आयोजना गरेको हो । गोष्ठीको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नम्बर २३ का अध्यक्ष रामकाजी गुरुङले सहकारीको विकासका लागि आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
२०५६ सालमा स्थापित फेवाले सदस्यलाई कसरी राम्रो सेवा प्रदान गर्ने?, के गर्दा शेयर सदस्यहरु लाभान्वित हुन्छन्?, आगामी दिनमा सहकारीलाई कसरी अगाडि बढाउने भन्ने बारेमा सहकारीका सञ्चालक, विभिनन उपसमिति र कर्मचारीहरूलाई सहभागी गराई रणनीतिक योजना गोष्ठी गरेको हो ।
गोष्ठीमा मुख्य प्रशिक्षक कुवेर निरौलाले सहकारीका नीति, नियम कानुन र सहकारीलाई कसरी व्यवस्थित र व्यवस्थापन गर्न सकिन्छ, आगामी ४ वर्षमा अपनाउनुपर्ने रणनीतिको बारेमा प्रशिक्षण दिएका थिए । गोष्ठीमा संस्थाका प्रमुख कार्यकारी अधिकृत हरिभक्त पौडेलले २०५६ सालदेखि २०७९ सालसम्म संस्थाको कारोबारका बारेमा जानकारी दिँदै स्थापनादेखि अहिले सम्मको फेवा सहकारीको स्थितीको बारेमा जानकारी गराएका थिए ।
फेवा सहकारीका सल्लाहकार तथा सामाजिक अभियन्ता महेश गुरुङले सहकारीलाई फुलबारीको रुपमा लिनुपर्ने बताउँदै देशमा हाल बैंकिङ कारोबार ठप्प रही आर्थिक मन्दी बढिरहँदा सहकारी सबैको साझा बनाउनु पर्नेमा जोड दिए ।
हाल संस्थामा सदस्यको १ अर्ब निक्षेप रहेको छ । त्यस्तै संस्थाको कारोबार १ अर्ब ३० करोड रहेको छ । आगामी ४ वर्षमा २ अर्ब ५० करोड निक्षेप र ३ अर्बको कारोबार पुर्याउने लक्ष्य संस्थाले राखेको छ ।
उक्त गोष्ठी सफल बनाउन सञ्चालक समिति, सस्थाका प्रबन्धक जगन तिमल्सिना, राम बजार सोसाइटी यूकेका पुर्व अध्यक्ष रूपक गुरुङ, भद्रकाली सेवा केन्द्रका संयोजक क्या. श्याम बहादुर गुरुङ र विभिन्न उप समितिका सदस्य समेत कर्मचारीहरूको सहभागितामा रहेको थियो ।
संस्थाका अध्यक्ष क्याप्टेन चन्द्र प्रसाद गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यक्रम संयोजक तथा उपाध्यक्ष सम्मर बहादुर श्रेष्ठले स्वागत मन्तब्य राखेका थिए भने कार्यक्रमको सञ्चालन सचिव दिल बहादुर भट्टराइले गरेका थिए ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
