राष्ट्रिय सहकारी बैंकमा मनोज कुमार थापा किन?
काठमाडौं : राष्ट्रिय सहकारी बैंकको आसन्न निर्वाचनमा सञ्चालक समिति सदस्य (खुला) पदका उम्मेदवार हुन् मनोज कुमार थापा मगर । उनको उम्मेदवारी परेसँगै सहकारी क्षेत्रमा नयाँ तरंग समेत ल्याएको छ । राष्ट्रिय सहकारी बैंकलाई मनोज जत्तिको मानिस चाहिन्छ भन्ने जमात बाक्लो छ ।
पुस १६ गते हुने बैंकको निर्वाचन सहितको १९ औं साधारण सभामा तपाई हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड नैकाप काठमाडौंको प्रतिनिधित्व गर्दै उम्मेदवारी दिएका हुन् । उनी जिल्ला बहुउद्देयीय सहकारी संघ काठमाडौंका पनि अध्यक्ष हुन् । १७ वर्षदेखि सहकारी अभियानमा क्रियाशिल उनी राष्ट्रिय सहकारी बैंक कलंकी शाखाका संयोजक समेत हुन् । थापा के.बी. उप्रेतीको संयुक्त प्यानलका तर्फका आधिकारिक उमेदवार हुन् ।
थापासँग व्यवस्थापनको ज्ञान र सहकारी क्षेत्रको अनुभव दुबै छ । आफुले सँगालेको ज्ञान, अनुभव र क्षमतालाई उपयोग गरी सहकारी बैंकलाई थप उचाईमा लैजाने सोंचका साथ उम्मेदवारी दिएको बताउँछन् ।
राष्ट्रिय सहकारी बैंकलाई नयाँ भिजन तथा मिसन दिनुका साथै वित्तीय विश्लेषण गरेर नयाँ ढंगले लैजाने व्यक्तिको बैंकमा आवश्यकता महशुस भएको र सोही कारण उम्मेदवारी दिएको उनी बताउँछन् । ‘सहकारीलाई वित्तीय सेवाका अतिरिक्त लबिङ तथा एड्भोकेसी, ब्राण्डिङ, क्षमता विकासका कार्यक्रमहरु आवश्यक छन्’, उनी भन्छन्, ‘सहकारी क्षेत्रलाई मर्यादित, व्यवस्थित बनाउन धेरै काम गर्न बाँकी छ । बैंकको नेतृत्वमा रहेर यी सबै काम गर्नको लागि अघि बढेको छु । त्यस्तै बैंकलाई अझै सबल, सक्षम र व्यवस्थित बनाउने कुरामा मेरो ध्यान जानेछ ।’
मानव संशाधनको वृत्ति विकासका साथ साथै सहकारी क्षेत्रको बलियो बैंक बनाउन आफ्नो तर्फबाट योगदान पुर्याउने उनको योजना छ । हाल कतिपय सहकारी संस्थामा तरलता तथा व्यवस्थापकीय लगायतका समस्याहरु देखिएको र बैंकको प्रतिनिधित्व गर्दै समस्या समाधानमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छु भनेरै उम्मेदवारी दिएको थापाको भनाई छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
