२३ कात्तिक २०८३, सोमबार

राष्ट्रिय सहकारी बैंक सञ्चालकमा मनोज भण्डारीको उमेदवारी

२०७९ पुष १३, बुधबार
राष्ट्रिय सहकारी बैंक सञ्चालकमा मनोज भण्डारीको उमेदवारी

काठमाडौं : राष्ट्रिय सहकारी बैंकको आसन्न निर्वाचनमा सञ्चालक समिति सदस्य (खुला) पदमा युवा सहकारीकर्मी मनोज भण्डारीले उम्मेदवारी दिएका छन् ।

पुस १६ गते हुने बैंकको निर्वाचन सहितको साधारण सभामा कान्तिपुरी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड गोंगबुको प्रतिनिधित्व गर्दै उम्मेदवारी दिएका हुन् । भण्डारी कान्तिपुरी सहकारी संस्थाका अध्यक्ष हुन् । राष्ट्रिय सहकारी बैंक गोंगबु शाखाका संयोजक समेत रहेका भण्डारी २५ वर्षदेखि सहकारी अभियानमा क्रियाशिल छन् । उनी विगत १० वर्षदेखि राष्ट्रिय सहकारी बैंक गोंगबु शाखाका संयोजक छन् ।

जिल्ला सहकारी संघ, काठमाडौंका महासचिव समेत रहेका भण्डारी सहकारी संघ संस्थाका विभिन्न भूमिकालाई उत्तिकै न्याय गर्दै साख वृद्धिमा आफ्नो कौशल प्रदर्शन गर्दै आएका छन् ।

१० वर्ष शाखा संयोजकको रुपमा काम गरेर अनुभव बटुलेको र उक्त अनुभवलाई सहकारी बैंकमा प्रयोग गरी थप उचाईमा पुर्याउने उम्मेदवारी दिएको बताएका छन् ।

भण्डारी राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.बी. उप्रेती निकट हुन् । उनी नेपाली कांग्रेस निकट भए पनि अध्यक्ष उप्रेतीको राम्रो साथ छ । पार्टीगत आस्था एकातिर भएपनि सबै पार्टी निकट सहकारीकर्मीसँग उनको राम्रो सम्बन्ध रहेको छ ।

अभिलेख

लोकप्रिय