२३ कात्तिक २०८३, सोमबार

राष्ट्रिय सहकारी बैंक निर्वाचन : लक्ष्मी उप्रेती र महेन्द्र गिरि पनि निर्विरोध

२०७९ पुष ७, बिहिबार
राष्ट्रिय सहकारी बैंक निर्वाचन : लक्ष्मी उप्रेती र महेन्द्र गिरि पनि निर्विरोध

काठमाडौं : राष्ट्रिय सहकारी बैंककाे लेखा समिति संयाेजकमा लक्ष्मी उप्रेती र प्रदेश नंं . १ सञ्चालकमा महेन्द्र गिरि निर्विरोध भएका छन् ।

लेखा समिति संयाेजमा २ जनाकाे उम्मेदवारी परेकाे थियाे । राजु पुरीकाे उम्मेदवारी खारेज भएसँगै उप्रेती निर्विरोध भएका हुन् । त्यस्तै प्रदेश नं. १ बाट संचालकका लागि बुधबार महेन्द्र गिरी र कृष्ण दाहालको उम्मेदवारी परेपनि विहिबार दाहालले उम्मेदवारी फिर्ता लिएपछि गिरी सर्वसम्मत भएका हुन् ।

बुधबार अध्यक्षमा केबी उप्रेती, गण्डकी प्रदेश संचालकमा राम बहादुर जिसी र मधेश प्रदेश संचालकमा विश्वनाथ मण्डलको मात्रै उमेदवारी परेपछि निर्विरोध भइसकेका छन् ।

उम्मेदवारी फिर्ता लिने समय आज बेलुका ५ बजेसम्म रहेकाे छ ।

अभिलेख

लोकप्रिय