बागमती प्रोस्कूनले १३ प्रतिशत लाभांश दिने
काठमाडौं : बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि. (बागमती प्रोस्कून)ले आफ्ना सदस्यलाई १३ प्रतिशत लाभांश दिने भएको छ ।
संघको दोस्रो वार्षिक साधारण सभाले सदस्यहरुलाई १३ प्रतिशत लाभांश दिने सञ्चालक समितिको प्रस्ताव पारित गरेको छ । संघले स्थापनाको पहिलो वर्षमै १२ प्रतिशत लाभांश सदस्यलाई प्रदान गरेको थियो ।
आर्थिक वर्ष २०७८÷०७९ को अन्त्यमा बागमती प्रोस्कूनको ३ सय ४९ सदस्य कायम भएका छन् । ती सदस्यहरुको ५२ करोड ७८ लाख ४ हजार ७ सय रुपैयाँ सेयर रहेको छ । त्यस्तै उक्त अवधिमा संघको कूल बचत निक्षेप १ अर्ब ३१ करोड १ लाख रुपैयाँ, कूल ऋण लगानी ७२ करोड ६२ लाख, कुल सम्पत्ती १ अर्ब ४४ करोड २ लाख रपैयाँ रहेको छ । उक्त अवधिमा संघले १ करोड ३४ लाख ९७ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।
संघका अध्यक्ष उद्धव सापकोटाको अध्यक्षतामा सम्पन्न साधारण सभामा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेलको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.बी. उप्रेती, बागमती प्रदेश सहकारी विकास बोर्डका उपाध्यक्ष नारायण देवकोटा, बागमती प्रदेश सहकारी रजिष्ट्रार नारायण ज्ञवाली, बागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण शर्मा घिमिरे लगायतको आतिथ्यता रहेको थियो ।
साधारण सभाको अवसरमा विभिन्न ११ वटा विधामा सम्मान तथा पुरस्कार समेत प्रदान गरिएको थियो ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
