२४ कात्तिक २०८३, मङ्गलबार

सहज ट्रेड सहकारीको १०औं साधारण सभा सम्पन्न

२०७९ पुष ३, आईतवार
सहज ट्रेड सहकारीको १०औं साधारण सभा सम्पन्न

पोखरा : सहज ट्रेड बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

संस्थाका जेष्ठ सदस्य खगेन्द्रमान ताम्राकारले साधारण सभाको उद्घाटन गरेका थिए । उद्घाटन समारोहमा बोल्दै खगेन्द्रमान ताम्राकारले संस्थाकै जेष्ठ सदस्यलाई प्रमुख अतिथि बनाएर सहकारीका सेयर सदस्यहरुलाई उत्साह थप्ने काम गरेको वताउँदै सहकारीमा आवद्ध सम्पूर्णले सहकारीको मर्म अनुसार काम गर्दै सहकारीलाई उत्कृष्ट बनाउनतर्फ लाग्नुपर्ने बताए ।

त्यस्तै संस्थाका सल्लाहकार टुव राज बास्तोलाले सहकारीको सिद्धान्त अनुसार सहकारी अगाडि बढ्दै उत्पादनशिल क्षेत्रसँगै व्यवसायिक क्षेत्रमा सहकारीले कर्जा प्रवाह गर्नुपर्नेमा जोड दिए ।

साधारण सभामा स्नातक र स्नाकोत्तर उत्तिर्ण भएका सहकारीमा आवद्ध सेयर सदस्यहरुका छोराछोरीहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा सेयर सदस्यहरु विश्व हरि जोशी र अनिता जोशीका सुपुत्री एलिना जोशी (ब्याचलर अफ साइन्स एण्ड नर्सिङ) विशिष्ट श्रेणीमा उत्तिर्ण, नविन नापित र कमला नापितका सुपुत्र र सुपुत्री सृष्टी नापित (बीडिएस) प्रथम श्रेणीमा उत्तिर्ण र अभिषेक नापित (ब्याचर अफ साइन्स) द्वितिय श्रेणीमा उत्तिर्णलाई सम्मान गरिएको थियो । सोही कार्यक्रममा उत्कृष्ट बचत गर्ने सदस्यहरु जुनाकुमारी पोख्रेल पन्त, राजु श्रेष्ठ, आरती गुरुङ, रामकुमारी गुरुङ, पवन श्रेष्ठ र मोहनमान जोशीलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा संस्थाका अध्यक्ष श्यामकृष्ण श्रेष्ठ, सचिव चिन्तामणी बास्तोला, कोषाध्यक्ष माधव तिमिल्सिना र लेखा समिति संयोजक राजु श्रेष्ठले प्रस्तुत गरेको प्रतिवेदनमाथी सभाले अनुमोदन गरेको थियो ।

कार्यक्रममा स्वागत मन्तब्य संस्थाका उपाध्यक्ष सरिता ताम्राकारले गरेकी थिईन भने सहकारीको सात सिद्धान्तको बाचन अध्यक्ष चिन्तामणी बास्तोलाले गरेका थिए ।

६ सय ४३ शेयर सदस्य रहेको सहकारीमा ५ करोड १६ लाख ६ सय शेयर पुँजी रहेको छ ।

अभिलेख

लोकप्रिय