२४ कात्तिक २०८३, मङ्गलबार

अरुणिमा बचत आफ्नै भवनमा, १३औं वार्षिक साधारण सभा सम्पन्न

२०७९ पुष २, शनिवार
अरुणिमा बचत आफ्नै भवनमा, १३औं वार्षिक साधारण सभा सम्पन्न

ललितपुर : अरुणिमा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नै भवनबाट कारोबार सुरु गरेको छ । ललितपुर महानगरपालिका १४ ताल्छिखेलमा नवनिर्मित भवनको उद्घाटन शनिबार पूर्व मन्त्री एवं प्रतिनिधि सभा सदस्य अर्जुन नरसिंह के.सी.ले गरेका हुन् ।

संस्थाले शनिबार १३औं वार्षिक साधारण सभा पनि सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष रामशरण घिमिरेको सभापतित्वमा भएको सभाको प्रमुख अतिथि पूर्व मन्त्री एवं प्रतिनिधि सभा सदस्य अर्जुन नरसिंह के.सी. रहेका थिए ।

साथै कार्यक्रममा प्रतिनिधि सभा सदस्य उदयसम्शेर राणा, सहकारी बैंकका अध्यक्ष के.बी. उप्रेती, नेफ्स्कूनका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल लगायतको आतिथ्यता रहेको थियो ।

सभामा संस्थाका अध्यक्ष घिमिरेले सञ्चालक समितिको तर्फबाट प्रगती प्रतिवेदन, आगामी कार्याक्रम र वार्षिक बजेट प्रस्तुत गरेका थिए । त्यस्तै संस्थाका कोषाध्यक्ष महानन्द तिमल्सिनाले आर्थिक वर्ष २०७८/०७९को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने लेखा सुपरिवेक्षण समितिका संयोजक राजु बजगाईले प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त प्रतिवेदन उपर छलफल गरि सर्वसम्वत रुपमा पास गरिएको छ ।

संस्थामा १ हजार २३ जना सदस्य रहेका छन् । संस्थाको सेयर पुँजी २ करोड २९ लाख, बचत ३२ करोड १९ लाख रुपैयाँ, लगानी ४८ करोड ६३ लाख रुपैयाँ, कोषमा २ करोड ७५ लाख रुपैयाँ रहेको छ ।

अभिलेख

लोकप्रिय