२४ कात्तिक २०८३, मङ्गलबार

के.बी. उप्रेतीको आत्मकथा लोकार्पण

२०७९ पुष १, शुक्रबार
के.बी. उप्रेतीको आत्मकथा लोकार्पण

काठमाडौं : सहकारी अभियन्ता के.बी. उप्रेतीको ‘केबी उप्रेती आत्मकथा’ लोकार्पण गरिएको छ । शुक्रबार एक कार्यक्रमको बीच पुस्तकको लोकार्पण गरिएको हो ।

पूर्व मन्त्री लीलामणि पोखरेल, पूर्व मन्त्री तथा राष्ट्रिय सहकारी बैंकका सल्लाहकार कमल चौलागाई, राष्ट्रिय सहकारी विकास बोर्डका सह–अध्यक्ष मित्रराज दवाडी, बैंकका सल्लाहकारहरू केशव निरौला, राधा घले लगायत अतिथिहरूले सयूक्त रूपमा पुस्तक विमोचन गरेका थिए । पुस्तकको समीक्षा वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले गरेका थिए ।

सहकारी क्षेत्रमा विगत २५ वर्षदेखि विभिन्न केन्द्रीय भूमिकामा रही अनवरत योगदान पुर्याएका उप्रेतीको व्यक्तिगत र सहकारी जीवनसँग जोडिएका संघषपूर्ण, रोचक र प्रेरणादायी घटनाहरु समेटेर आत्मकथा पुस्तक प्रकाशन भएको हो ।

राष्ट्रिय सहकारी महासंघ लि.नेपालका सञ्चालक एवम् राष्ट्रिय सहकारी बैंक लि.का समेत रहेका उप्रेतीको पुस्तक तीन खण्डमा विभाजित गरिएको छ ।

पुस्तकलाई नेचुरल मिडिया र गुप अफ वर्तमान मिडियाले प्रकाशन गरेका हुन् । २८८ पृष्ठको पुस्तकको मूल्य ५९९ राखिएको छ ।

अभिलेख

लोकप्रिय