२४ कात्तिक २०८३, मङ्गलबार

सहकारीको बचत सुरक्षा गर्ने दायित्व सरकारको हो: मन्त्री श्रेष्ठ

२०७९ पुष १, शुक्रबार
सहकारीको बचत सुरक्षा गर्ने दायित्व सरकारको हो: मन्त्री श्रेष्ठ

काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले नागरिकको बचतको सुरक्षा गर्ने दायित्व सरकारको भएको भन्दै सदस्य केन्द्रित सहकारी विकास गरेर जाने बताएकी छिन् ।

समस्याग्रस्त सहकारीहरुको उचित व्यवस्थापन गरी आगामी दिनमा सहकारीहरुलाई समस्याग्रस्त बन्नै नदिने गरी काम भइरहेको बताईन ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले सहकारीहरु आफ्नो उद्देश्य, मर्म र भावना अनुसार सञ्चालन हुनु पर्नेमा जोड दिँदै यस अनुरुप चलेको थुप्रै सहकारीहरुले राष्ट्रहित र जनहितको पक्षमा राम्रो काम गरिरहेको समेत बताईन ।

भूमिको उचित प्रयोग गरी उत्पादन र उत्पादकत्व बढाएर सहकारीका माध्यमबाट रोजगारीको विकास गरी युवाहरुलाई विदेश पलायन हुनबाट रोक्न सकिने भन्दै त्यसतर्फ सहकारीहरु लाग्नु पर्नेमा जोड समेत दिईन ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष काशीराज दाहालले प्रचलनमा रहेका सहकारी सम्बन्धी ऐन र कानुनहरु पुराना भएकाले यसलाई समयानुकुल बनाउन आवश्यक रहेको औल्याए ।

अभिलेख

लोकप्रिय