२४ कात्तिक २०८३, मङ्गलबार

आदर्श सञ्चार सहकारीको अध्यक्षमा पुन: जिसी

२०७९ मंसिर २८, बुधबार
आदर्श सञ्चार सहकारीको अध्यक्षमा पुन: जिसी

बागलुङ : आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङको अध्यक्षमा पुन: हुमाकुमारी जिसी (अञ्जु) चयन भएकी छिन् । संस्थाको १६ औँ वार्षिक साधारणबाट जिसी सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएकी हुन् ।

समितिको उपाध्यक्षमा ललिता थापा, सचिवमा सरस्वती खड्का परियार, सह–सचिवमा कमल लामिछाने र कोषाध्यक्षमा शान्ति लक्ष्मी श्रेष्ठ निर्विरोध चयन भएका छन् । संस्थाको संचालक सदस्यहरुमा गीता खड्का, अम्बिका जिसी, खिमबहादुर केसी, राजकपुर श्रेष्ठ, राधिका केसी, जयराम शर्मा, लेखबहादुर जिसी, लक्ष्मी पौडेल खत्री पन्त चयन भएको निर्वाचन उप–समितिका संयोजक दीपक गौतमले जानकारी दिए ।

लेखा सुपरीवेक्षण समितिको संयोजकमा अनन्तबहादुर खड्का, सदस्यमा मुरारी गैरे र भीमकला शर्मा चयन भएका छन् ।

आदर्श सञ्चार सहकारी संस्थाले सूचना र सञ्चारको क्षेत्रमा विगत १६ वर्षदेखि धौलागिरी जागरण दैनिक, ९ वर्षदेखि अग्रसर साप्ताहिक र ४ वर्षदेखि आदर्शसञ्चार अनलाईन सञ्चालन गर्नुका साथै १० वर्षदेखि धौलागिरी टेलिभिजनमा सहकार्य गर्दै आइरहेको छ ।

संस्थामा हाल ३ हजार ३ सय जना शेयर सदस्य ५ करोड ५५ लाख शेयर रकम, ३० करोड वचत, ३८ करोड कर्जा लगानी सहित ४५ करोड कुल सम्पत्ती रहेको प्रवन्धक दिपकराज सापकोटाले जानकारी दिए । आगामी असार मसान्तसम्म ५ हजार जना भन्दा बढी शेयर सदस्य, ८ करोड शेयर पूँजी, ४६ करोड बचत, ५१ करोड कर्जा लगानी सहित कुल सम्पत्ती ५६ करोड पुर्याउने लक्ष्य रहेको साधारणसभा जानकारी दिइएको थियो ।

संस्थाले लिएको लक्ष्य पुरा गर्नका लागि प्रत्येक शेयर सदस्यले प्रत्येक वर्ष २ जना शेयर थप (इच वन, क्याच टु) अभियान सञ्चालन गरिएको छ । आदर्श सञ्चार सहकारी संस्थाले सूचना र सञ्चारसंगै धौलागिरी क्षेत्रमा सहकारीताको विकासमा महत्वपूर्ण योगदान गरेको छ । सहकारीका सकारात्मक विषयहरुलाई आम समुदायमा पु¥याउनुका साथै सहकारीमा सुधार गर्नु पर्ने विषयमा सचेत बनाउँदै आएको छ ।

सहकारीमार्फत समुदायमा आर्थिक विकास र सामाजिक रुपान्तरणका लागि संस्थाले स्थापनाकाल देखि नै सकारात्मक र सन्देशमुलक कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । संस्थाले विद्यालयमा सहकारी शिक्षा, दुव्र्यवसन विरुद्ध आमाहरु अभियान, महिलाहरुले महिनाबारीमा प्रयोग गर्ने प्याड घरमै बनाउने तालिम, महिला शसक्तिकरण, युवा र विद्यार्थीका लागि वित्तीय साक्षरता, पर्यटन प्रवद्र्धनमा सञ्चार सहकारीको भूमिका, स्वास्थ्य शिक्षा र उपचार लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

अभिलेख

लोकप्रिय