सिर्जनशील पत्रकारिता पुरस्कार कंडेललाई
बागलुङ : सिर्जनशील पत्रकारिता पुरस्कार बागलुङका पत्रकार कोपिला कंडेललाई प्रदान गरिएको छ । आदर्श सञ्चार सहकारी संस्थाको १६ औं वार्षिक साधारणसभाको अवसरमा कंडेललाई उक्त पुरस्कार प्रदान गरिएको हो ।
आदर्श सञ्चार सहकारीका सह–सम्पादक पत्रकारद्वय सिर्जना पन्त र सन्तोष क्षेत्रीले २०७१ सालमा बिबाह खर्च कटाएर स्थापना गरेको सिर्जनशील पत्रकारिता पुरस्कार नगद १० हजार राशिको हो ।
डेढ दशकदेखि पत्रकारितामा क्रियाशिल कंडेल रेडियो नेपाल, धौलागिरी एफएम र धौलागिरी टेलिभिजनमा समेत कार्यरत छन् ।
समाजमा विद्यमान भड्किलो विवाहका विरुद्ध पत्रकारद्वय सिर्जना पन्त र सन्तोष क्षेत्रीले विवाह खर्च कटाएर ५० हजारको आदर्श सञ्चार सहकारीमा अक्षय कोष स्थापना गरेका थिए । उक्त कोषको ब्याजबाट आउने रकमबाट हरेक वर्ष धौलागिरिका क्रियाशील र सिर्जनशील पत्रकारलाई पुरस्कृत गरिँदै आइएको छ ।
अहिले उक्त कोषको राशि एक लाख पु¥याइएको छ । उक्त पुरस्कारबाट यस अघि धौलागिरीका पत्रकार सन्तोष थापा (पर्वत), दिल शिरिष (बागलुङ), सन्तोष गौतम (म्याग्दी), संगम घर्ति (बागलुङ), राम थापा अविरल (बागलुङ), एस.के.थकाली (मुस्ताङ) र हरिकृष्ण गौतम (म्याग्दी)लाई सम्मानित गरिसकिएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
