मित्रता सहकारीको प्रथम साधारण सभा सम्पन्न, पोखराकै उत्कृष्ट बनाउने प्रतिवद्धता
पोखरा : मित्रता बहुउद्देश्यीय सहकारी संस्था लिमिटेको प्रथम साधारण सभा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दै पोखरा महानगरपालिका सहकारी संघका अध्यक्ष बलराम गौतमले युवाहरुले आफ्नो व्यवसायसँगै सहकारीलाई अगाडि बढाउनु आफैमा गर्वको कुरा भएको वताए । सहकारीको मान्यतालाई आत्मसाथ गरी अगाडि बढ्न समेत आग्रह गरे ।
पछिल्लो समय सहकारीहरुमा बिकृति मौलाउँदै गइरहेको सन्दर्भमा त्यसप्रति मित्रता सहकारीले ध्यान पुर्याउन आवश्यक रहेको बताउँदै गौतमले युवा व्यवसायीहरुलाई सहकारीमा आवद्ध गर्न सके सहकारी अगाडि बढ्न सक्ने धारणा ब्यक्त गरे ।
संस्थाका उपाध्यक्ष पूर्ण कुमार श्रेष्ठले पोखरामा पहिलोपटक युवाहरुद्धारा सञ्चालित सहकारी रहेको बताउँदै पोखराका सबै युवा सदस्यहरुको साथ सहयोग पाएको खण्डमा पोखरामा नमुना सहकारीको रुपमा स्थापित हुने बताए ।
संस्थाका अध्यक्ष जयन्ती मोक्तानले सहकारी स्थापनाको उद्देश्य सहकारी दर्ता गर्दा बखतको संघर्ष र अगामी कार्यक्रम योजना बजारमा देखिएको आर्थिक समस्यामा मित्रतामा त्यस्तो समस्या नरहेको र अगामी दिनमा पनि समस्या नरहने जानकारी गराउँदै सहकारीको सांगठनिक व्यवस्था प्रविधि मैत्री सेवामा बिस्तार, व्यवसायीक प्रतिष्ठानहरु सँगको सहकार्य रिक्त पद पूर्तिको लागि सभामा पेश तथा अनुमोदनको लागि विभिन्न बुँदाहरु पेश गरेकी थिइन ।
कार्यक्रममा सहकारीका सचिव नबिन श्रेष्ठले सचिवको प्रतिवेदन, कोषाध्यक्ष बुद्धि राज भट्टराईले कोषाध्यक्षको प्रतिवेदन पेस गरेका थिए । त्यस्तै लेखा सुपरिवेक्षण समितिको संयोजक रुद्र गिरीले लेखाको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रमा बाल बचत र कोपिला बचत बाल बाललिकाहरुको लागि शिक्षामा अग्रसरहोस भन्ने हेतुले १ सय ५०जना बाल बालिकालाई स्टेशनरी सामाग्री बितरण गरिएको थियो ।

विभिन्न बिधामा बर्षको बार्षिक उत्कृष्टलाई नगद तथा प्रमान प्रत्रबाट सम्मा गरीको थियो । सहकारीको वर्ष उत्कष्ट कर्मचारी किरण पुनलाई नगद तीन हजार र प्रमाण पत्र, वर्ष उत्कृष्ट बाल बचत सज्जु त्रिपाठी लाई नगद ६ हजार तथा प्रमाणपत्र, वर्ष उत्कृष्ट कोपिला बचत सनिश श्रेष्ठलाई नगद ६ हजार तथार प्रमाणपत्र, वर्ष उत्कृष्ट बचतकर्ता रोजेन्द्र प्रसाद पोख्रल, विष्णुकुमारी श्रेष्ठ, लक्ष्मी प्रसाद श्रेष्ठ, दुर्गा श्याम, विष्णु कुमार श्रेष्ठ, बसन्त कुमार श्रेष्ठ र उत्र श्रेष्ठलाई प्रमाण प्रत्र खादा सहित सम्मान गरिएको थियो ।
त्यसैगरी बर्ष उत्कृष्ट शेयर सदस्य ईन प्रसाद घर्ती, जुन कुमार श्रेष्ठ, श्रावण कुमार जैसवाललाई प्रमाण प्रत्र खादासहित सम्मान गरिएको थियो भने वर्ष उत्कृष्ट नारी बचत कमला श्रेष्ठ प्रमाण प्रत्र खादासहित सम्मान, वर्ष उत्कृष्ट ऋणी सदस्य श्रीराम अधिकारी, भिम कुमारी गुरुङ, ओम बहादुर कामी, जय प्रकाश लामा प्रमाण प्रत्र खादा सहित सम्मान र बर्ष उत्कृष्ट उपसमिति चन्द्र वती श्रेष्ठलाई प्रमाण प्रत्र र खादा सहित सम्मान गरिएको थियो ।
सल्लाहकारको तर्फबाट सल्लाहकार राजु श्रेष्ठ र बिनोद दुङ्गानाले शुभकामना मन्तव्य राखेका थिए भने सभाबाट संचालक समितिमा रहेको रिक्त पदमा बबिता केसी कार्की र कृष्ण केसीलाई सर्वसम्मत चयन गरिएको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
