राष्ट्रिय सहकारी बैंकको १९ औं प्रस्तावित वार्षिक प्रतिवेदन प्रकाशित (प्रतिवेदन सहित)
ललितपुर : राष्ट्रिय सहकारी बैंक लिमिटेडले आगामी पौष १६ मा हुने १९ औं वार्षिक साधारण सभामा प्रस्तुत हुने आर्थिक वर्ष २०७८/०७९ को प्रस्तावित वार्षिक प्रतिवेदन प्रकाशित गरेको छ ।
बैंकले बुधवार आफ्नो वेबसाइट मार्फत प्रतिवेदनको डिजिटल प्रति प्रकाशित गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री कुमार गुरागाइंले जानकारी दिए । उनका अनुसार वित्तीय प्रतिवेदन नेपाल वित्त प्रतिवेदनमान (एनएफआरएस) अनुसार तयार गरी प्रकाशित गरिएको बताए ।
प्रतिवेदनमा साधारणसभामा उपस्थितिको लागि पठाइएको पत्र, १९औं साधारणसभाको कार्यसूची, सञ्चालक समिति तथा लेखासुपरिवेक्षण समितिको निर्वाचनसम्बन्धी सूचना, आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन तथा आर्थिक वर्ष २०७९/०८० को प्रस्तावित नीति तथा कार्यक्रम एवम् आर्थिक वर्ष २०७९/०८० को प्रस्तावित अनुमानित बजेट, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन र आर्थिक वर्ष २०७८/०७९ को लेखापरिक्षण प्रतिवेदन रहेको छ ।
प्रतिवेदन बैंकको वेबसाइटका साथै क्यू आर स्क्यान गरि डाउनलोड गरेर अध्ययन गर्न मिल्नुका साथै प्रतिवेदन पुस्तिका साधारणसभा स्थलमा उपलब्ध गराउने बैंकले जनाएको छ ।
साधारणसभा आगामी पुस १६ गते सात ओटै प्रदेशहरूमा सहकारी संघ/संस्थाका प्रतिनिधिहरूको भौतिक उपस्थितिमा एकै दिन सम्बन्धित प्रदेशहरूको केन्द्रमा र साधारणसभाको एकाइ बैठकका प्रतिनिधिहरूको निर्णय प्रमाणित गर्ने सभा (केन्द्रीय) पौष १८ गते काठमाडौंमा हुँदै छ । सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिको निर्वाचन सहितको हुने साधारणभामा २०७९ मङ्सिर ८ गते सम्म सदस्यता लिएका १५ हजार ७ सय २६ सदस्य सहकारी संघ/संस्थाहरुले मात्र सहभागिता जनाउन पाउने छन् ।
साधारणसभामा सदस्य संघ/संस्थाहरुको अधिकतम सहभागिताको अपेक्षा गर्दै साधारण सभामा उपस्थित प्रतिनिधिहरूले दिने सल्लाह,सुझाव बैंकको वार्षिक गतिविधि तथा कार्यसम्पादनमा मार्ग दर्शनको रूपमा रहने भएकोले प्रदेश अन्तर्गतका एकाइ बैठकहरूमा सक्रिय उपस्थित भई सल्लाह, सुझाव सहित साधारण सभालाई पूर्ण सफल बनाउनको लागि सम्बन्धित सहकारी संघ/संस्था तथा सरोकारवाला निकायहरूलाई समेत बैंकले अनुरोध गरेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
