भक्तपुर बचत संघको १८औं साधारण सभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित
काठमाडौं : भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. को अठारौं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुको सभापतित्व सम्पन्न सभामा सचिव जगनाथ प्रजापतिले संघको आ.व. २०७८/०७९ को बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै १५ प्रतिशत लाभांष प्रस्ताव र संरक्षित पुजी फिर्ता दिने प्रस्ताव पेश गरेका थिए ।
संघका कोषाध्यक्ष कान्छा भक्त घजुले आ.व. २०७८/०७९ को वित्तीय प्रगति प्रतिवेदन पेश गरेका थिए । सभाबाट आ.व.२०७८/०७९ मा १ अर्ब ६९ करोड ४९ लाख ३६ हजारको वासलात र २ करोड ७० लाख ६९ हजारको नाफा सहितको लेखापरिक्षण प्रतिवेदन पारित भएको छ ।
साथै आगामी आ.व.२०७९/०८० मा संघको वासलात १ अर्ब ८६ करोड ६१ लाख ५४ हजारको बजेट पारित गरेको छ ।
संघले उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार २०७८ को कार्यविधि अनुसार संघमा आबद्ध सदस्य संस्थाहरुबाट जिल्ला स्तरीयमा भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि., नगरस्तरीयमा भक्तपुर नगरपालिकामा सामुहिक बचत तथा ऋण सहकारी संस्था लि., मध्यपुर थिमि नगरपालिकामा उपकार बचत तथा ऋण सहकारी संस्था लि., सुर्यविनायक नगरपालिकामा बंगलामुखि बचत तथा ऋण सहकारी संस्था लि. र चाँगुनारायण नगरपालिकामा युवा बचत तथा ऋण सहकारी संस्थालाई उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार २०७८ ले पुरस्कृत गरेको थियो ।
सभामा संघमा आबद्ध २०२ वटा संस्थाहरुबाट प्रतिनिधि, पर्यवक्षक र कर्मचारी गरीे जम्मा १८२ जनाको उपस्थिति रहेको थियो । सभाको संचालन संघका संचालक कृष्णश्वरी प्रजापतिले गरेका थिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
