२४ कात्तिक २०८३, मङ्गलबार

सहकारी महासंघले फेरी बनायो अर्को समिति, समस्या समाधान होला त ?

२०७९ मंसिर १६, शुक्रबार
सहकारी महासंघले फेरी बनायो अर्को समिति, समस्या समाधान होला त ?

काठमाडौं : सहकारी क्षेत्रमा देखिएको समस्या समाधानको अधिकत्तम पहल गर्न राष्ट्रिय सहकारी महासंघले उपसमिति गठन गरेको छ ।

महासंघको मंसिर १५ गते बसेको २०२ औं बोर्ड बैठकले महासंघका संचालक तथा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केवी उप्रेतीको संयोजकत्वमा उपसमिति गठन गरेको छ । सो समितिले समस्या उन्मुख संस्थाहरुको स्थलगत अध्ययन तथा विश्लेषण गरी समस्या समाधानको उपायको खोजी गर्ने तथा सरोकारवाला निकायहरूसंग समन्वय गर्दै समस्या समाधानका लागि पहल गर्ने जिम्मेवारी पाएको छ ।

सहकारी ऐन २०७४ मा नै व्यवस्था भएको कर्जा सूचना केन्द्र, कर्जा असूली न्यायाधिकरण, निक्षेप तथा कर्जा सुरक्षण कोष समयभित्र नै कार्यान्वयन गर्न सरकार चुकेका कारण सहकारीमा चुनौती थपिएको निष्कर्ष वैठकले निकालेको महासंघका महाप्रवन्धक चित्रा कुमारी थाम्सुहाङ सुब्बाल जानकारी दिईन ।

महासंघले सहकारी क्षेत्रको प्रवद्र्धनमा सहयोग पुग्ने ऐेनमा व्यवस्था भएको प्रावधान कार्यान्वयनका लागि ठोस कदम चाल्न सरकारलाई आग्रह गर्ने भएको छ ।

उप समितिको सदस्यमा महासंघका संचालकद्वय डिवी बस्नेत र राजेन्द्र पौडेल तथा नेफ्स्कून, नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ र बागमती प्रदेश सहकारी संघका प्रतिनिधि रहने उल्लेख छ ।

साथै महासंघले स्वनियमन र स्वमूल्यांकन विधिलाई मजबुद बनाउनका लागि महासंघको समितिको स्वमूल्यांकन फारम तयार गरी स्वीकृत गरेको छ ।

यो प्रत्येक वर्ष समितिका पदाधिकारी तथा सदस्यहरुले भर्नु पर्ने महाप्रबन्धक सुब्बाले बताए । बैठकले लेखा सुपरिवेक्षण समितिको आन्तरिक सुपरिवेक्षण सम्बन्धी कार्यविधि समेत पारित गरेको छ ।

महासंघले बनाएको यो तेस्रो संयन्त्र हो । यस अघि बनाएको दुई वटा संयन्त्रले उल्लेख्य काम गर्न सकेको छैन । संयन्त्रको निर्णयकै कारण सहकारीमा समस्या झन् झन् बढ्दै गएको छ ।

अभिलेख

लोकप्रिय