‘सुशासनमा नचलेका केही सहकारीका कारण सबै उस्तै हुन भन्ने परेको छ’
दमौली : व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले सुशासनमा नचलेका केही सहकारीका कारण सबै सहकारी उस्तै हुन भन्ने आम नागरिकलाई परेको बताएका छन् ।
‘सबै सहकारीमा समस्या देखिएको होइन, कतिपय सहकारीहरुले सुशासनमा सहकारी नचलाएका कारण सबै सहकारी उस्तै हुन भन्ने परेको छ’, उनले भने, ‘सहकारीमा देखिएका समस्यालाई समाधान गर्न सबै सरोकारवालाहरुले एकतावद्ध भएर प्रयास गर्नु पर्दछ ।’
गण्डकी प्रदेश सहकारी रजिष्ट्रारको कार्यालय, पोखरा र राष्ट्रिय सहकारी बैंक लिमिटेड दमौली शाखाले बुधबार दमौलीमा आयोजना गरेको सहकारीका समसामयिक विषय सम्बन्धी अन्तरक्रिया कार्यक्रमका आफ्नो धारणा राख्दै प्रमुख न्यौपानेले यस्तो बताएका हुन् ।
‘सहकारीमार्फत समुदायमा धेरै काम भएका छन् । सबैको साथ र सहयोग भयो भने अझै धेरै गर्न सकिन्छ’, प्रमुख न्यौपानेले भने, ‘तर केही सहकारीहरुमा देखिएका समस्याका कारण राम्रा सहकारीहरुलाई समेत समस्या देखिन थालेकोले बेलैमा सचेत भएर समस्या समाधानमा लाग्नु पर्ने छ ।’
कार्यक्रममा प्रदेश सहकारी रजिष्ट्रार कार्यालयका रजिष्ट्रार रमेश घर्तिले सहकारीहरुलाई सुशासनयुक्त र पारदर्शी रुपमा सञ्चालनका लागि सहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।
उनले सहकारी ऐन नियम र संस्थाले बनाएको विनियम अनुसा नचलेका सहकारीहरुलाई नियममा बसेर सञ्चालन गर्न आग्रह गरे । नियमनकारी निकायले केही गर्दैन भनेर सहकारीलाई आफुखुशी सञ्चालन गर्नेहरुको पहिचान गरी कार्वाही प्रक्रिया अगाडि बढाइएको भन्दै उनले जे गरे पनि केही हुदैन भन्ने मानसिकता त्यागेर नियम अनुसार संस्था सञ्चालन नगर्नेलाई कार्वाहीको दायरामा ल्याइने बताए ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक राम बहादुर जिसीले बैंकका बारेमा र प्रदेश रजिष्ट्रार कार्यालयका अधिकृत चोलाकान्त वाग्लेले सहकारी कानुन, समसामयिक अवस्थाका बारेमा प्रस्तुतीकरण गरेका थिए ।
कार्यक्रममा केन्द्रीय दुग्ध सहकारी संघका वरिष्ठ उपाध्यक्ष अमर बहादुर कुँवर, जिल्ला सहकारी संघ तनहुँका अध्यक्ष श्रीप्रसाद भट्टराई, वचत तथा ऋण सहकारी संघका महासचिव प्रदिप अधिकारी, जिल्ला कृषि सहकारी संघका निवर्तमान अध्यक्ष रामजी प्रसाद लौडारी लगायतले सहकारीमा देखिएका समस्या र समाधानका उपायका बारेमा चर्चा गरेका थिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
