२४ कात्तिक २०८३, मङ्गलबार

मुलुकको अर्थतन्त्र संकटमा छैन: अर्थमन्त्री शर्मा

२०७९ मंसिर १५, बिहिबार
मुलुकको अर्थतन्त्र संकटमा छैन: अर्थमन्त्री शर्मा

काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्र संकटमा नरहेको दाबी गरेका छन् ।

‘अर्थतन्त्रमा संकट नभएको बरु र केही चुनौती भने अझै बाँकी छन्’, उनले भने, ‘अर्थतन्त्र सङ्कटमा छ भन्नु बुझाइमा कमजोरी हो । यद्यपि केही चुनौती छन् त्यसका लागि निजी क्षेत्रसँगको सहकार्यमा समस्या समाधान गर्नुपर्छ ।’

नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २६औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री शर्माले अर्थतन्त्रका सूचकांक राम्रो हुँदै गएको समेत बताए । पछिल्लो समय विदेशी मुद्रा सञ्चिति र विप्रेषण आप्रवाह बढ्दै गएकाले अर्थतन्त्र सुधार भइरहेको उनको भनाइ छ ।

अभिलेख

लोकप्रिय