२४ कात्तिक २०८३, मङ्गलबार

काठमाडौं महानगरने भन्यो- बढी ब्याजको लोभमा लामो अवधिको बचत सहकारीमा नर्गनू

२०७९ मंसिर ९, शुक्रबार
काठमाडौं महानगरने भन्यो- बढी ब्याजको लोभमा लामो अवधिको बचत सहकारीमा नर्गनू

काठमाडौं : काठमाडौं महानगरपालिकाले बढी ब्याजको लोभमा लामो अवधिको अत्यधिक बचत सहकारी संस्थामा नगर्न उर्दी जारी गरेको छ । महानगरको सहकारी विभागले एक सूचना जारी गर्दै सहकारीका सदस्यहरुलाई यस्तो उर्दी जारी गरेको हो ।

सहकारी संस्थाहरु बैंक नभएको र सहकारी सुशासनका लागि सदस्यहरुको निरन्तर निगरानी आवश्यक रहेको समेत प्रष्ट पारेको छ ।

ऋण लिदा सेवा शुल्क र ब्याज यकिन गरी सम्झौता गर्ने, आवधिक बचत जम्मा गर्दा जिम्मेवार पदाधिकारीको हस्ताक्षरयुक्त कागजात सहित निक्षेप निस्सा लिने, कार्य क्षेत्र बाहिर कार्य गर्ने संस्थासँग कारोबार नगर्न सदस्यलाई महानगरले सुचित गराएको छ । त्यस्तै आफू आवद्ध सहकारीको साधारण सभामा सहभागी हुन, संस्थाको कारोबारको नियमित रुपले जानकारी लिन पनि महानगरले आग्रह गरेको छ ।
त्यसैगरी नियमित साधारण सभा नगरेका सहकारी संस्थाको बारेमा विभागमा जानकारी दिन, सहकारी संस्थाको बारेमा अतिरञ्जित हल्लाका पछाडी मात्र नलागी यथार्थ अवस्थाबारे जानकारी दिन पनि सदस्यहरुलाई सुचित महानगरले गराएको छ ।

सञ्चालक समितिका पदाधिकारीहरुको पहिचान गरेर मात्र संस्थासँग कारोबार गर्ने, नियमित संवाद र सम्पर्क राख्न पनि सदस्यहरुलाई महानगरको आग्रह छ ।

 

अभिलेख

लोकप्रिय