२४ कात्तिक २०८३, मङ्गलबार

ओरेण्टलमा फसेको पैसा दावी गर्न सरकारको आव्हान

२०७९ मंसिर ९, शुक्रबार
ओरेण्टलमा फसेको पैसा दावी गर्न सरकारको आव्हान

काठमाडौं : समस्याग्रस्त घोषित ओरेण्टल को-अपरेटिभ लिमिटेडबाट पीडित बचतकर्ताले आफ्नो माग दावी अद्यावधिक गर्नुपर्ने भएको छ ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय आज एक सूचना जारी गर्दै सम्पूर्ण बचतकर्तालाई आफ्नो फसेको पैसा माग दावी १५ दिनभित्र अद्यावधिक गर्न भनेको छ ।

पीडित बचतकर्ताले समितिको आधिकारीक वेभ साईटबाट अद्यावधिक गर्नुपर्ने समितिले जनाएको छ ।

सरकारले ओरेन्टललाई दोस्रो पटक समस्याग्रस्त घोषणा गरेको थियो । पछिल्लो पटक सरकारले २०७९ साल असोज १२ गते समस्याग्रस्त घोषणा गरेको थियो ।

व्यवस्थापन समितिले ७ हजार ६ सय ४६ जनाको १० अर्ब ८३ करोड ८२ लाख ५६ हजार १ सय ७४ रुपैयाँ तिर्न बाँकी रहेको बताए पनि पुनः बचतकर्तालाई माग दावी अद्यावधिक गर्न सूचना जारी गरेको छ ।

 

 

अभिलेख

लोकप्रिय