सहारा नेपालसँग लगानी योग्य रकम मात्रै १ अर्ब ८८ करोड
काठमाडौं : बिर्तामोड २, झापास्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको लगानी योग्य रकम (तरलता) रकम बृद्धि भएको छ ।
संस्थाले प्रकाशित गरेको कात्तिक मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार संस्थासँग तरलता १८.६३ प्रतिशत रहेको छ । असोज मसान्तमा संस्थासँग १७.५४ प्रतिशत तरलता थियो ।
संस्थाले कात्तिक मसान्तसम्ममा १० अर्ब ९ करोड ७१ लाख ४३ हजार २५२ रुपैयाँ बचत संकलन, १२ अर्ब ५४ करोड ३४ लाख ४४ हजार ऋण लगानी गरेको छ ।
कात्तिक मसान्तसम्ममा संस्थाको कूल सम्पत्ती १५ अर्ब ४४ करोड ६४ लाख ६३ हजार ९ सय ७४ रुपैयाँ, सेयर पुँजी १ अर्ब ६३ करोड १८ लाख ६६ हजार ८ सय रुपैयाँ, जगेडा कोषमा १ अर्ब ११ करोड २१ लाख ६६ हजार ८ सय ४० रुपैयाँ र अन्य कोषहरुमा ९१ करोड ९ लाख ८४ हजार रहेको छ ।
संस्थामा १ लाख ६० हजार ४ सय ३९ जना सदस्य रहेका छन् भने संस्थाबाट ८४ हजार ९ सय ६ जनाले ऋणी लिएका छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
