विकूको रफ्तार, सदस्य विस्तार
नवलपुर : गैंडाकोट ८, विजयपुर स्थित विकू बचत तथा ऋण सहकारी संस्थाले ‘विकूको रफ्तार, सदस्य विस्तार’ अभियान सुरु गरेको छ ।
यो अभियान मंसिर ७ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने संस्थाले जनाएको छ । १ लाख ५० हजार सदस्य पुर्याउने योजनाका साथ अभियान सुरु गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद पौडेलले जानकारी दिए ।
संस्थाको कार्यक्षेत्र भित्र हरेक परिवारलाई विकूमा आवद्ध गराई आर्थिक, सामाजिक र साँस्कृतिक उन्नतीमा योगदान पुर्याउन अभियान सुरु गरेको पौडेलले बताए ।
संस्थामा हाल १ लाख ३ हजार १ सय ४१ जना सेयर सदस्य र करिब १७ हजार जना बाल बचतकर्ता रहेका छन्
कार्तिक महिनाको अपरिष्कृत वित्तीय विवरण अनुसार संस्थाको कूल सम्पत्ती ९ अर्ब १ करोड ४१ लाख ४७ हजार ६ सय ८९ रुपैयाँ पुगेको छ ।
संस्थामा १ लाख ३ हजार १ सय ४१ जनाको ९१ करोड ४६ लाख ११ हजार ४ सय रुपैयाँ सेयर पुँजी रहेको छ । संस्थाको जगेडा कोषमा ५० करोड ५१ लाख ५ हजार २ सय २ रुपैयाँ र विभिन्न कोषहरुमा १२ करोड ३१ लाख २८ हजार ३ सय ८८ रुपैयाँ रहेको छ ।
कार्तिक मसान्तसम्ममा कूल संस्थागत पुँजी ५८ करोड ५९ लाख २३ हजार ३ सय ६ रुपैयाँ, कूल बचत ७ अर्ब १५ करोड ६० लाख ४१ हजार ६ सय ४१ रुपैयाँ र ऋण लगानी ७ अर्ब १५ करोड ४२ लाख ५१ हजार ४ सय १५ रुपैयाँ रहेको छ ।
त्यस्तै संस्थासँग १ अर्ब ४५ करोड ५८ लाख ४१ हजार ६ सय ४२ रुपैयाँ अर्थात् २०.३४ प्रतिशत लगानी योग्य रकम (तरलता) रहेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार