बिन्धवासिनीसँग १८.१९% तरलता, कुल सम्पत्ती ४ अर्ब ४३ करोड नाघ्यो
काभ्रे : बनेपा–७, पनौती रोडमा कर्पोरेट कार्यालय रहेको बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाले कार्तिक महिनाको वित्तीय विवरण (अपरिस्कृत) सार्वजनिक गरेको छ । सहकारी विभागको २०७९ साउन ३१ गतेको निर्देशन बमोजिम संस्थाले कार्तिक महिनाको वित्तीय विवरण सार्वजनिक गरेको हो ।
संस्थाले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार कार्तिक मसान्तसम्म शेयरपुँजी ४५ करोड ७२ लाख ४६ हजार ६ सय रुपैयाँ, जगेडा कोष ३० करोड ९० लाख ५० हजार १ सय ११ रुपैयाँ, विभिन्न कोष १५ करोड २८ लाख १४ हजार ७ सय ४५ रुपैयाँ, संस्थागत पुँजी ३१ करोड ५७ लाख १ हजार ५ सय २२ रुपैयाँ रहेको छ ।
त्यस्तै कुल बचत ३ अर्ब ५ करोड ९२ लाख ५२ हजार १३ रुपैयाँ र लगानीमा रहेको रकम ३ अर्ब ५७ करोड १३ लाख ५९ हजार १ सय ८७ रुपैयाँ रहेको छ । त्यस्तै संस्थाको कुल सम्पत्ती ४ अर्ब ४३ करोड ८९ लाख ३४ हजार ५ सय ६४ रुपैयाँ रहेको छ ।
कार्तिक मसान्तमा संस्थाको तरलता रकम ५५ करोड ६३ लाख ५६ हजार ४ सय ६४ रुपैयाँ (१८.१९ प्रतिशत) रहेको विवरणमा उल्लेख छ । संस्थामा कुल ४६ हजार ९ सय ४० जना सदस्य रहेका छन् भने कुल ऋणी संख्या १० हजार ९ सय ६१ जना रहेको छ ।
असोज मसान्तको तुलनमा कार्तिक महिनामा तरलता रकम घटेको छ । असोज मसान्तमा संस्थासँग १९.१० प्रतिशत तरलता रहेको थियो । त्यस्तै बचत रकम पनि घटेको छ । असोज मसान्तमा ३ अर्ब ९ करोड ३२ लाख ४ हजार ९ सय ४ रुपैयाँ कुल बचत रहेकोमा कार्तिक मसान्तमा आईपुग्दा ३ अर्ब ५ करोड ९२ लाख ५२ हजार १३ रुपैयाँ कायम भएको छ ।
कार्तिक मसान्तको वित्तीय विवरण (अपरिस्कृत)

असोज मसान्तको वित्तीय विवरण (अपरिस्कृत)

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
