२४ कात्तिक २०८३, मङ्गलबार

सहकारीमा बालेनको चासो : उद्देश्य अनुरुप काम गरे नगरेको अनुगमन गर्न सीएसहितको समिति

२०७९ कात्तिक २९, मङ्गलबार
सहकारीमा बालेनको चासो : उद्देश्य अनुरुप काम गरे नगरेको अनुगमन गर्न सीएसहितको समिति

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले सहकारीप्रति चासो देखाएका छन् । सहकारीमा धेरै समस्या देखिएको, बचत फिर्ता गर्न नसकेको, आफ्नो उद्देश्य अनुसार काम नगरेको गुनासो बढेपछि सहकारीमा चासो देखाएका हुन् ।

पछिल्लो समय महानगर कार्य क्षेत्र रहेका धेरै सहकारीले सदस्यको बचत फिर्ता गर्न सकेको छैन । सहकारीका सयौं सदस्यले महानगरमा बचत फिर्ता नगरेको भन्दै उजुरी दिएका छन् । सहकारी संस्थाले बचत रकम फिर्ता नगरेको गुनासो बढेसँगै काठमाडौं महानगरपालिकाले अनुगमन समिति गठन गर्ने भएको हो ।

आज (मंगलबार) महानगरको नगरकार्यपालिका बैठकमा नगर प्रमुख (मेयर) शाहले उक्त प्रस्ताव गरेका हुन् । उक्त प्रस्ताव पारित भएसँगै अब महानगर पालिकाले विज्ञ सहितको अनुगमन समिति गठन गर्नेछ । उक्त समितिमा सीएको समेत प्रतिनिधित्व हुनेछ । नगरकार्यपालिका बैंठमा मेयर शाहले भने, ‘लामो समयदेखि महानगरभित्र सहकारी संस्थाको अनुगमन भएको छैन । अब सीए सहितिको विज्ञ टोलीले अनुगमन गर्नेछ ।’

समितिले महानगरपालिका मातहतका करिब १९ सय सहकारीको अनुगमन गर्ने मेयर शाहले बताए ।

अभिलेख

लोकप्रिय