२४ कात्तिक २०८३, मङ्गलबार

मंसिर महिनामा बैंकको ब्याजदर स्थीर रहने

२०७९ कात्तिक २९, मङ्गलबार
मंसिर महिनामा बैंकको ब्याजदर स्थीर रहने

काठमाडौं : मंसिर महिनामा बैंकहरुको ब्याज स्थीर हुने भएको छ । आज बिहान बसेको नेपाल बैंकर्स संघको बैठकले ब्याजदर स्थीर राख्ने निर्णय गरेको हो ।

प्रत्येक महिनाको अन्त्यमा आगामी महिनाका लागि ब्याजदर निर्धारण गर्न नेपाल बैंकर्स संघको बैठक बस्ने गर्दछ । बैठकको निर्णय अनुसार मंसिरका लागि बैंकहरुले कात्तिक महिनाकै ब्याजदर प्रकाशित गर्नेछन् ।

अहिले बैंकहरुले निक्षेपमा व्यक्तिगत मुद्दती निक्षेपमा १२.१३३ प्रतिशत र संस्थागततर्फ ९.१३३ प्रतिशत ब्याज प्रदान गरिरहेका छन् । यस्तै, बैंकहरुले रेमिट्यान्स मुद्दती खातामा १५.३३३ प्रतिशतसम्म ब्याज दिइरहेका छन् । साधारण बचत खातामा भने बैंकहरुले १०.३३३ प्रतिशत ब्याज तोकिएको छ ।

अभिलेख

लोकप्रिय