लिदै नलिएको ऋण तिर्न ताकेता गर्ने धौलागिरी सहकारीलाई ३ लाख जरिवाना
पोखरा : गण्डकी प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयले धौलागिरी बचत तथा ऋण सहकारी संस्था, कास्कीलाई कारबाही गरेको छ । संस्थाले कर्जा प्रवाह गर्दा प्रक्रिया नपुर्याएको भन्दै रजिष्ट्रार कार्यालयले सहकारी संस्थालाई तीन लाख रुपैयाँ जरिवाना गरेको हो । त्यस्तै प्रचलित कानुन बमोजिम संस्था सञ्चालन गर्न समेत कार्यालयले निर्देशन दिएको छ ।
लिदै नलिएको ऋणको ताकेता
संस्थाका सदस्य पूर्ण बहादुर गुरुङले २०७६ साल असार ९ गते धौलागिरी बचत तथा ऋण सहकारी संस्थामा ऋण आवेदन दिएका थिए । संस्थाबाट ऋण लिनको लागि गुरुङले तीन वटा जग्गा धितोमा राखेका थिए । उक्त जग्गा संस्थाले रोक्का राखेर पाँच लाख रुपैयाँ कर्जा स्विकृत गराएको थियो । उक्त जग्गाको रोक्का मुल्य पाँच लाख रुपैयाँ समेत कायम भएको छ । २०७८ साल असार १४ सम्ममा गुरुङको खातामा २५ हजार ६ सय २९ रुपैयाँ ६३ पैसा रहेको थियो । त्यसपछि खातामा कुनै पनि रकम थपघट भएको छैन । जुन कुरा स्वयंम सहकारी संस्थाले नै पुष्टी गरेको छ ।
मिति २०७८ साल पुष २० गते ऋणी सदस्य गुरुङको निधन भयो । गुरुङको निधन भएपछि छोरी मनदेवी गुरुङले उक्त सहकारीमा बाबाको कारोबार बुझ्न जाँदा ३ करोड १७ लाख ८० हजार रुपैयाँ ऋण लिएको जानकारी पाए । ऋणीले ऋण लगेको र तिर्न बारम्बार सहकारीले ताकेता गर्दै आयो । सहकारी उक्त ऋण तिर्न ताकेता गरेपछि मनदेवी गुरुङले रजिष्ट्रार कार्यालयमा उजुरी दिएका थिए । ऋणीले उक्त रकम ऋण लिएको भनी सहकारीले कुनै पनि प्रमाण दिन नसकेपछि संस्था कारबाहीमा परेको हो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार