२४ कात्तिक २०८३, मङ्गलबार

नमस्ते सहकारीको कागजात नियन्त्रणमा लिई छानबिन सुरु, अध्यक्ष र प्रबन्धक सम्पर्कविहीन

२०७९ कात्तिक २३, बुधबार
नमस्ते सहकारीको कागजात नियन्त्रणमा लिई छानबिन सुरु, अध्यक्ष र प्रबन्धक सम्पर्कविहीन

बर्दिया : लुम्बिनी प्रदेश अर्थ तथा सहकारी मन्त्रालयले गुलरिया नगरपालिका-६, स्थित नमस्ते बचत तथा सहकारी संस्था लिमिटेडको कागजात नियन्त्रणमा लिई छानबिन सुरु गरेको छ ।

सदस्यबाट संकलन गरेको सेयर र बचत रकम हिनामिना भएको भन्दै मन्त्रालयले छानबिन सुरु गरेको हो । संस्थाका संस्थाका अध्यक्ष नगेन्द्र रिजाल र प्रबन्धक संजिव कुमार महतो करिब दूई सातादेखि सम्पर्कविहीन छन् । उक्त सहकारीको कुल वासलात २७ करोड रुपैयाँ रहेको रहेको बुझिएको छ ।

उक्त रकम मध्ये कति रकम लगानी भएको छ भन्ने यकिन तथ्यांक सहकारीसँग छैन । केही फर्जी धितो बिनाको रकम झिकेको प्रारम्भिक अध्ययनमा भेटिएको प्रमुख जिल्ला अधिकारीले जनाएका छन् । त्यस्तै ३ करोड रकम विभिन्न शिर्षकमा कर्मचारीले झिकेको समेत प्रारम्भिक अध्ययनबाट भेटिएको छ ।

अध्यक्ष र प्रबन्धक छिमेकी मुलुक भारत पुगेको आशंका प्रहरी प्रशासनको छ । दुबै जनालाई प्रहरीले खोजी कार्य गरिरहेको छ ।

अभिलेख

लोकप्रिय