२४ कात्तिक २०८३, मङ्गलबार

पहिलो त्रैमासमा विकू बचतको उपलब्धी २६ प्रतिशत

२०७९ कात्तिक २२, मङ्गलबार
पहिलो त्रैमासमा विकू बचतको उपलब्धी २६ प्रतिशत

नवलपुर, गैंडाकोट

विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडले पहिलो त्रैमासिक समिक्षा बैठक सम्पन्न गरेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा भएका कामहरुको समिक्षा गरी संस्थाको कारोबार लगायत अन्य गतिविधिलाई थप प्रभावकारी गराउने उद्देश्यका साथ बैठकको आयोजना गरिएको हो ।

संस्थाले चालु आ.ब. को लक्ष्य अन्तरगत करिब २६ प्रतिशतको समग्र उपलब्धी हासिल गरेको छ ।

बैठकमा संस्थाको वर्तमान अवस्था, योजना र समय सान्दर्भिक विषयको वारेमा संस्थाका प्रमुख अधिकृत माधव प्रसाद पौडेलले सहजीकरण गरेका थिए । बैठकमा विभागीय प्रमुखहरु, क्षेत्रीय प्रमुखहरु र सबै सेवा केन्द्रका प्रमुखहरुको सहभागीता रहेको थियो ।

बैठकमा विभागीय तथा सेवा केन्द्र प्रमुखहरुले आ-आफ्नो विभाग तथा सेवा केन्द्रले गत आर्थिक वर्षमा हासिल गरेको उपलब्धी, आगामी लक्ष्य, संभावना, सदस्य सेवा, अवसर, चुनौती र समाधानका उपायहरुको वारेमा गहकिलो प्रस्तुती पेश गर्नु भएको थियो ।

संस्थालाई वित्तीय रुपमा अझ शसक्त बनाउनको लागि विभागीय तथा सेवा केन्द्रका प्रमुखहरुले आफ्नो योजनासहित धारणा राखेका थिए । यसै बीच सेवा केन्द्रलाई दिईएको वित्तीय लक्ष्य मध्ये पहिलो त्रैमासिकमा सर्वोउत्कृष्ट उपलव्धी हासिल गरि नवजागरण सेवा केन्द्र उत्कृष्ट सेवा केन्द्र हुन सफल भएको छ ।

त्यस्तै 6S Assessment अन्तरगत रजहर सेवा केन्द्र उत्कृष्ट भएको छ ।

 

अभिलेख

लोकप्रिय