रुपन्देहीको आत्मरक्षा साकोस स्तरीकरण कार्यक्रममा आबद्ध
ललितपुर : रुपन्देहीको देव दह नगरपालिका–१०, स्थित आत्मरक्षा बचत तथा ऋण सहकारी संस्था राष्ट्रिय सहकारी बैंकले सञ्चालन गरेको सहकारी क्षेत्रको गुणात्मक सुधारका लागि सहकारी स्तरीकरण कार्यक्रम अन्तर्गत केयरमा आबद्ध भएको छ ।
शुक्रबार राष्ट्रिय सहकारी बैंकको स्तरीकरण विभागका अधिकृत नवकुमार अधिकारी र संस्थाका अध्यक्ष जीत बहादुर पाईजाले स्तरीकरण कार्यक्रम केयरमा आबद्ध भएको सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
सहकारी संस्थाको सञ्चालनलाई थप व्यवस्थित एवं प्रभावकारी बनाई, गुणस्तरीय सुनिश्चितता कायम गर्न केयर कार्यक्रमले सहयोग गर्ने बैंकले जनाएको छ । सहकारी संस्था एवम् अभियानको उच्च छवी निर्माण गर्ने उद्देश्यका साथ बैंकले सुरु गरेको स्तरीकरण कार्यक्रम अन्तर्गत केयर कार्यक्रमले सहकारी संस्थाको स्तर पहिचान, स्तर मापन एवं स्तरोन्नतिका लागि बैंकले विभिन्न कार्य गर्दै आएको छ ।
सहकारी संस्थाको प्रकृति अनुसार बचत तथा ऋण सहकारी र बचत तथा ऋण बाहेकका सहकारी संस्थाहरूका लागि छुट्टाछुट्टै सूचकाङ्कहरू विकास गरिएको र सूचकाङ्कहरूको आधारमा संस्थाको स्तर मापन गरी सोही मापनको परिणामका आधारमा संस्थाको स्तरोन्नतिमा आवश्यक प्राविधिक सहयोग गर्ने बैंकले जनाएको छ ।
अध्यक्ष पाईजाले सहकारीलाई सुरक्षित रूपमा सञ्चालनका लागि आवश्यक नीति तथा कार्यविधिहरू निर्माण गर्न, सुशासन कायम राख्न, वित्तीय रूपमा सक्षम बनाउन तथा समग्रमा सहकारीको स्वास्थ्य अवस्था सुधार गर्नका लागि सहकारी बैंकले सञ्चालन गरेको स्तरीकरण कार्यक्रम प्रभावकारी हुने बताउ । सम्झौता कार्यक्रममा बैंकका अधिकृत नव कुमार अधिकारी, बुटवल शाखाका नारायण बेल्वासे लगायतको सहभागिता रहेका थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार