नेडाकको प्रथम उपाध्यक्षमा केबी उप्रेती दाेस्राे पटक निर्वाचित
काठमाडौं : राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.बी. उप्रेती एशिया तथा प्यासिफिक क्षेत्रका कृषि सहकारीहरुको विकासका लागि संजाल (नेडाक) को प्रथम उपाध्यक्षमा पुनः निर्विरोध चयन भएका छन् । विहीबार थाइल्याण्डको बैंककमा सम्पन्न साधारणसभाबाट उप्रेती दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।
नेडाकको अध्यक्षमा राष्ट्रिय सहकारी विकास निगम (एनडीसी) भारतका प्रबन्ध निर्देशक पंकज कुमार बंसल निर्वाचित भएका छन् । १९ सदस्य सञ्चालक समितिमा राष्ट्रिय सहकारी महासंघकी बरिष्ठ उपाध्यक्ष ओमदेवी मल्ल विषेश आमन्त्रीत सदस्यमा निर्वाचित भएकी छिन् ।
सन् १९६३ मा स्थापना भएको नेडाकले विशेष गरी कृषि क्षेत्रमा काम गर्दै आइरहेको छ । यसमा हाल एसियाली ९ देशका २४ सदस्य संस्थाहरु आबद्ध छन् । नेपालको तर्फबाट राष्ट्रिय सहकारी बैंक, राष्ट्रिय सहकारी महासंघ, राष्ट्रिय सहकारी विकास बोर्ड र केन्द्रीय कृषि सहकारी संघ सदस्य रहेका छन् ।
नेडाकको नयाँ कार्य समितिको पहिलो बैठक नेपालमा गर्ने निर्णय भएको प्रथम उपाध्यक्ष उप्रेतीले जानकारी दिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
