जम्मा गरेको रकम नपाएपछि सहकारीविरूद्ध धर्ना
बर्दिया : गुलरिया नगरपालिका-५, का जितबहादुर केसी आफूले जम्मा गरेको ४० लाख रुपैयाँ झिक्न नमस्ते बचत तथा सहकारी संस्था लिमिटेड, बर्दियामा पुग्दा हैरान भए । सहकारीमा रकम मौज्दात नभएको भन्दै केसीलाई सहकारीले फर्कायो ।
उनी जस्तै दिपेशकुमार गुप्ता ७ लाख रकम बुझ्न चेक लिएर सहकारी संस्था पुगे । उनलाई पनि सहकारीमा रकम अभाव भएको भन्दै भुक्तानी दिइएन । गुलरिया-६, का शिव गुप्ताको २० लाख जम्मा गरेको रकमसमेत सहकारीले दिन मानेन । केसी, गुप्ता जस्ता सैयौं सेवाग्राहीले जम्मा गरेको रकम नपाएपछि आक्रोशित भई सहकारी संस्थाविरुद्ध प्रदर्शनमा उत्रेका छन् । प्रहरीले सहकारी संस्थामा अप्रिय घटना नहोस् भन्दै पहरा दिइरहेका छन् । थुप्रै सेवाग्राही आफ्नो रकम असुल गरिदिन बुधबार प्रहरी कार्यालय पुगेका थिए । बिहीबार बिहान पनि यस्तै अवस्था रह्यो ।
आर्कषक ब्याज पाउने आशामा दर्जनौं सेवाग्राहीको रकम हिनामिना भएको आशंका प्रहरीको छ । केही सेवाग्राहीले डेढ करोडसम्म रकम जम्मा गरेका छन् । स्थानीय व्यवसायी सपना डिसीले श्रीमान् र आफ्नो गरी ५ वर्षदेखि दैनिक ५/६ हजारका दरले उक्त सहकारीमा रकम जम्मा गरेको बताइन् ।
दैनिक ज्यालादारीदेखि काम गर्ने मानिसले जम्मा गरेको लाखौं रुपैयाँ भुक्तानी नपाएपछि सहकारी संस्थामा घेराउ गरेका छन् । सहकारीका प्रबन्धक सञ्जिवकुमार महतोसहित सञ्चालक सम्पर्कविहीन भएको भन्दै उनीहरुमाथि कारबाही र रकम फिर्ताको माग राख्दै उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एंव प्रहरी नायब उपरीक्षक हिक्मत सिंह बोहोराले बताए ।
‘सबैको मोबाइलको स्विच अफ छ,’ उनले भने, ‘सहकारीका प्रबन्धकसहित सञ्चालकमाथि अनुसन्धान भइरहेको छ ।’ बारबर्दियास्थित उक्त सहकारीका एक कर्मचारीलाई महतोले आफू मुटुको उपचारमा लखनउ आएको र थप उपचारका लागि दिल्ली गएको मेसेन्जरमा खबर पठाएका छन् ।

समाचार स्रोतः कान्तिपुर दैनिक
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
