२२ भदौ २०८३, सोमबार

आइसीए एपीको बोर्ड बैठक नेपालमा हुने

२०७९ कात्तिक १४, सोमबार
आइसीए एपीको बोर्ड बैठक नेपालमा हुने

काठमाडौं : तेस्रो राष्ट्रिय सहकारी महासम्मेलनको अवसर पारेर अन्तर्राष्ट्रिय सहकारी महासंघ, एसिया प्रशान्त क्षेत्र (आइसीए एपी)को बोर्ड बैठक नेपालमा बस्ने भएको छ ।

राष्ट्रिय सहकारी महासंघले चैत २३ देखि २५ सम्म तेस्रो राष्ट्रिय सहकारी महासम्मेलनको आयोजना गर्दैछ । आइसीए एपीका अध्यक्ष डा. चन्द्रपाल सिंह यादवले सोमबार राष्ट्रिय सहकारी महासंघको भ्रमणका क्रममा आइसीए एपीको बैठक नेश्नल को–अपरेटिभ कंग्रेसको अवसर पारेर नेपालमा राख्ने निर्णय अस्ट्रेलियामा बस्न लागेको बोर्ड बैठकमा गराउने बचन दिएका छन् ।

महासम्मेलनले सहकारी अभियानको दिगोपनाको लागि स्वनियमन र सुशासनलाई फोकस गरेको छ ।

डा. यादवले नेपालको सहकारी अभियानले छोटो समयमा महत्वपूर्ण उपलब्धी हासिल गरेको र नेपालको संविधानमा समेत सहकारीलाई अर्थतन्त्रको एउटा महत्वपूर्ण खम्बाका रुपमा राख्न सफल भएकाले सबैका लागि प्रेरणा हुने बताए ।

डा. यादवलाई महासंघका अध्यक्ष मिनराज कडेल, निवर्तमान अध्यक्ष केशव बडाल, वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लले स्वागत गरेका थिए ।

अभिलेख

लोकप्रिय