२२ भदौ २०८३, सोमबार

सहकारी विभागद्वारा नयाँ कार्यविधि जारी, शैक्षिक क्रियाकलाप प्रमाणिकरण अनिवार्य

२०७९ कात्तिक ३, बिहिबार
सहकारी विभागद्वारा नयाँ कार्यविधि जारी, शैक्षिक क्रियाकलाप प्रमाणिकरण अनिवार्य

काठमाडौं : सहकारी विभागले सहकारी सम्बन्धी शैक्षिक क्रियाकलापको प्रमाणिकरण समितिको कार्यविधि-२०७९ जारी गरेको छ । सहकारी नियमावली २०७५ को नियम ७९ को उपनियम (५) अनुसार विभागले कार्यविधि जारी गरेको हो ।

कार्यविधि जारी भएसँगै अब सहकारी सम्बन्धी शैक्षिक तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने सहकारी संस्था वा निकायको लागि पाठ्यक्रम निर्धारण तथा त्यस्ता कार्यक्रम प्रमाणिकरण गरेर मात्रै सञ्चालन गर्नुपर्ने भएको हो ।

प्रमाणिकरण समितिको सचिवालय सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्रमा रहने व्यवस्था कार्यविधिले गरेको छ ।

हाल सञ्चालनमा रहेका सहकारीसँग सम्बन्धीत पाठ्यक्रमहरु समेत प्रमाणिकरण गर्नुपर्ने व्यवस्था कार्यविधिले गरेको छ ।

अभिलेख

लोकप्रिय