२२ भदौ २०८३, सोमबार

सगुन सहकारीका प्रमुखमाथि गोली प्रहार गरेको अभियोगमा ४ जना पक्राउ

२०७९ कात्तिक ३, बिहिबार
सगुन सहकारीका प्रमुखमाथि गोली प्रहार गरेको अभियोगमा ४ जना पक्राउ

सर्लाही : बागमती नगरपालिका–१ मिलनचोकस्थित सगुन बचत तथा ऋण सहकारी संस्थाको सेवा केन्द्र प्रमुख साजन कार्कीमाथि गोली प्रहार गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तीनजना भारतीय छन् भने एक जना नेपाली रहेका छन् ।

रकम लुटपाट गर्ने उद्देश्यका साथ सहकारी प्रमुखमाथि गोली प्रहार गरी भागेका तीन जनालाई प्रहरीले नेपाल–भारत सीमाबाट बुधबार राती पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतको बिहार राज्यका १९ वर्षीय आलोक सिंह, १९ वर्षीय सौरभकुमार यादव र १९ वर्षीय गुलसन कुमार सिंह रहेका छन् । घटनाको मुख्य योजनाकार एवं सहयोगी सर्लाहीको धनकौल गाउँपालिका–१ का ३२ वर्षीय डिजे भन्ने धीरेन्द्र सहनीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

बुधबार बिहान घटना पश्चात प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको टोलीले बलरा नगरपालिका ७ गडहियास्थित एक घरमा लुकीछिपी बसेको अवस्थामा चारै जनालाई नियन्त्रणमा लिएको हो ।

कार्कीको दाहिने पाखुरा, दाहिने कोखा, बायाँ कोखा र दाहिने तिघ्रामा गोली लागेको प्रहरीले जनाएको छ । गोली लागेर गम्भीर घाइते भएका कार्कीको काठमाडौंमा उपचार भैरहेको छ । उनी हाल खतरामुक्त अवस्थामा रहेका छन् ।

अभिलेख

लोकप्रिय