२४ कात्तिक २०८३, मङ्गलबार

कार्यालयमै सहकारी कर्मचारी माथि गोली प्रहार

२०७९ कात्तिक २, बुधबार
कार्यालयमै सहकारी कर्मचारी माथि गोली प्रहार

वीरगञ्ज : सर्लाहीको बागमती नगरपालिका मिलनचोकमा सहकारी संस्थामा कार्यरत कर्मचारी माथि गोली प्रहार भएको छ ।

लालबन्दी नगरपालिका– २ जुटपानी बस्ने ३० वर्षीय साजन कार्कीमाथि गोली प्रहार भएको हो । कार्की सगुन बचत तथा ऋण सहकारी संस्थाको बागमती सेवा केन्द्रमा कार्यरत कर्मचारी हुन् ।

कार्यालयमा काम गरिरहेको अवस्थामा नै उनलाई गोली प्रहार भएको थियो ।

उनको दाहिने पाखुरा, दाहिने कोखा, बाँया कोखा, दाहिने तिघ्रामा गोली लागेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

हरिवनस्थित सरस्वती अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि सिमरा विमानस्थलबाट उनलाई काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

अभिलेख

लोकप्रिय