२४ कात्तिक २०८३, मङ्गलबार

दर्ता नै नभएको सहकारीबाट ऋण मिलाई दिन्छु भनी ठगी गर्ने व्यक्ती पक्राउ

२०७९ कात्तिक २, बुधबार
दर्ता नै नभएको सहकारीबाट ऋण मिलाई दिन्छु भनी ठगी गर्ने व्यक्ती पक्राउ

काठमाडौं : सहकारीबाट ऋण मिलाई दिन्छु भनी ठगी गर्ने व्यक्ती ललितपुर इमाडोलका मणी कुमार थापा पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

थापाले अछाम चौरपाटी गाउँपालिका– ४ घर भई हाल ललितपुर कुसुन्ती बस्ने नरेन्द्र कुमार भुललाई बाँसवारी स्थित चण्डोल बहुउद्देश्यीय सहकारी संस्थाबाट ऋण मिलाईदिन्छु भनेर तीन लाख बाह्र हजार ठगी गरेको प्रहरीको भनाई छ ।

थापाले चण्डोल बहुउद्देश्यीय सहकारी संस्थाको संचालक हुँ, उक्त सहकारी संस्थाबाट तीस लाख ऋण मिलाई दिन्छु भनी सहकारी संस्थाको खाता खोल्ले फारम, सदस्य पहिचान फारम, शेर दरखास्त फारम समेत भर्न लगाई बिश्‍वास दिलाई उक्त ऋण रकमको १० प्रतिशतको दरले हुन आउँने तीन लाख र सेवा शुल्क बापत १२ हजार गरी तीन लाख बाह्र हजार रकम लिई ठगी गरेका थिए ।

पैसा लिएर पनि ऋण नदिलाई, झुक्याई ठगी गरी सम्पर्क बिहिन भएको भनी प्रहरीमा जाहेरी परेपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानमा उल्लेखित सहकारी संस्था दर्ता नै नरहेको समेत प्रहरीले जनाएको छ ।

प्रहरीले प्रतिपादी थापालाई असोज ३१ गते इमाडोलबाट पक्राउ गरी आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु, काठमाडौंमा पाठाएको जारी विज्ञप्तिमा भनिएको छ ।

अभिलेख

लोकप्रिय