२४ कात्तिक २०८३, मङ्गलबार

सामुदायिक र बिन्धबासीनी सहकारीबीच एकीकरण प्रस्ताव पारित

२०७९ असोज ९, आईतवार
सामुदायिक र बिन्धबासीनी सहकारीबीच एकीकरण प्रस्ताव पारित

पनौती (काभ्रे) : सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. र बिन्धबासीनी बचत तथा ऋण सहकारी संस्था लि. बीच एकीकरण गर्ने प्रस्ताव पारित भएको छ ।

सामुदायिक बचत तथा ऋण सहकारी संस्था पनौती–४, टौखालको २८ औं वार्षिक साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो । त्यस्तै सामुदायिक साकोस र युवा बचत तथा ऋण सहकारी संस्था, बनेपा बीच भएको एकीकरण सम्झौता समेत पारित गरेको छ ।

सामुदायिक साकोसले सहकारी एकीकरणलाई अभियानको रुपमा संचालन गरेको छ । एकीकरण अभियान अन्र्तगत सामुदायिक र युवा बीच एकिकरण घोषणा सहित एकिकृत साधारण सभा समेत सम्पन्न गरिसकेको छ ।

एकिकरण सम्झौता अनुरुप सामुदायिक साकोसका अध्यक्ष प्रकाश बन्जाराको अध्यक्षतामा १९ सदस्सीय सञ्चालक समिति र ध्रुव प्रसाद सेढाईको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समितिको चयन भैसकेको छ ।

अब सामुदायिक र बिन्धबासीनी बीच प्रक्रिया सुरु भएको छ ।

अभिलेख

लोकप्रिय