नवकान्तिपुर सहकारीले सदस्यलाई १८ प्रतिशत लाभांश दिने
काठमाडौं : बत्तिसपुतलीमा प्रधान कार्यालय रहेको नवकान्तिपुर बचत तथा ऋण सहकारी संस्थाले सदस्यलाई १८ प्रतिशत लाभांश दिने भएको छ । संस्थाले २०७८/०७९ को मुनाफाबाट सदस्यलाई १८ प्रतिशत लाभांश (करसहित) दिने भएको हो ।
उक्त लाभांश दिने सञ्चालक समितिको प्रस्ताव संस्थाको शुक्रबार सम्पन्न २५ औं वार्षिक साधारण सभाले पारित गरेको छ । संस्थाले गत वर्ष सदस्यलाई १५.७९ प्रतिशत लाभांश वितरण गरेको थियो ।
आर्थिक वर्ष २०७८/०७९ मा संस्थाको सेयर पुँजी ७ करोड ९७ लाख ९६ हजार १ सय रुपैयाँ रहेको छ । त्यस्तै संस्थाको जगेडा कोष र अन्य कोषहरुमा २१ करोड ७५ लाख १३ हजार ९ सय ४८ रुपैयाँ रहेको छ ।
संस्थाले १ करोड ४४ लाख ९७ हजार ५ सय ३५ रुपैयाँ सेयर लाभांश कोषमा र ६४ लाख ८५ हजार ७ सय ५० रुपैयाँ संरक्षित पूँजी कोषमा रकम व्यवस्था गरेको छ ।
संस्थाले आर्थिक वर्ष २०७८/०७९ मा संस्थामा २ अर्ब ८१ करोड २६ लाख रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ७१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । संस्थाले ४ करोड ५७ लाख ५२ हजार रुपैयाँ खुदनाफा आर्जन गर्न सफल भएको छ ।
संस्थाका अध्यक्ष शिव प्रसाद सिटौलाको सभापतित्वमा सम्पन्न संस्थाको साधारण सभाले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, लेखा परिक्षकको प्रतिवेदन, चालु आ.व.को नीति तथा कार्यक्रम पारित गरेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
