काभ्रेमा पनि बिग मर्जरको सुरुवात, सामुदायिक र युवा साकोस बीच सम्झौता
काभ्रे : पनौती नगरपालिका-४, काभ्रेपलाञ्चोकमा मुख्य कार्यालय रहेको सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. र बनेपा-७, काभ्रेपलाञ्चोकमा मुख्य कार्यालय रहेको युवा बचत तथा ऋण सहकारी संस्था लि. बीच एकीकरण गर्ने सम्झौता भएको छ ।
सामुदायिक साकोसको मुख्य कार्यालयमा भएको एकीकरण सम्झौतामा दुबै संस्थाका एकीकरण कार्यदलले सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति र सल्लाहकार समेतको उपस्थितिका बीच एकीकरण सम्झौतामा हस्ताक्षर गरेका छन् ।
२०५१ साल माघ १४ गते स्थापना भएको सामुदायिकले यस अघि नै ९ वटा सहकारी संस्था एकीकरण गरिसकेको छ । काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला कार्यक्षेत्र रहेको यस संस्थाको ३८ हजार शेयर सदस्य र ३ अर्ब ७४ करोडको कुल पूँजी रहेको छ । त्यस्तै २०५३ साल भाद्र १५ गते स्थापना भएको युवा साकोसमा ११ हजार शेयर सदस्य र ४५ करोडको कुल पूँजी रहेको छ ।
स्थापनाकालदेखि नै समुदायमा केन्द्रित रही सञ्चालित यि दुबै संस्था एशियाली ऋण महासंघद्वारा सञ्चालित एक्सेस ब्राण्डिङ कार्यक्रममा समेत सहभागी संस्थाहरु हुन् । सामुदायिक एक्सेस सिल्भर ब्राण्ड प्राप्त संस्था हो भने युवा एक्सेस कार्यक्रममा सहभागी संस्था हो ।
कार्यक्रममा संयुक्त एकीकरण कार्यदलका संयोजक एवं युवा साकोसका अध्यक्ष उदयराम कायस्थले अब सानो र सुन्दर भनेर सहकारी संस्थाहरु सञ्चालन गर्न अबको परिस्थितिमा सहज नभएको बताउँदै ठूलो र बलियो भन्ने अवधारणालाई अंगिकार गर्न जरुरी रहको बताए । त्यसैको नतिजा स्वरुप दुई संस्थाहरु एकीकरणको सम्झौता गरेको बताए ।
त्यसैगरी सामुदायिक साकोसका अध्यक्ष प्रकाश बन्जाराले राज्यको कानून, सहकारी ऐन, नियमावली तथा निर्देशनलाई अक्षरस पालना गर्दै शेयर सदस्यहरुलाई एकीकृत संस्थाबाट दिगो र गुणस्तरिय सेवा उपलब्ध गराउने उदेश्यले एकीकरणको आवश्यकता रहेको बताए ।
एकीकरणको ढोका खुला नै राखेको र अन्य संस्थाहरुसँग पनि एकीकरणको छलफल चलिरहेको छ बताए । अहिलेको एकीकरणले काभ्रेमा विग मर्जरको थालनी भएको समेत बताए ।

दुबै संस्थाको आगामी साधारण साभामा एकीकरणको प्रस्ताव पारित भए पश्चात दुबै संस्थाको एकीकृत कारोबार हुनेछ ।
एकीकृत संस्थाको शेयर सदस्य संख्या ४८ हजार र कुल पूँजी ४ अर्ब २२ करोड हुनेछ भने शेयर पूँजी ३८ करोड पुग्नेछ । लगानीमा रहेको ऋण ३ खर्ब ३३ करोड हुनेछ । बचत निक्षेप २ अर्ब ७० करोड हुनेछ । जगेडा कोष ३० करोड र अन्य कोषहरु २१ करोड गरी जम्मा कोष ५१ करोडको हुने संस्थाले जनाएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
