हाम्रो साकोसलाई उत्कृष्ट व्यवसाय पुरस्कार
ललितपुर : लगनखेलमा मुख्य कार्यालय रहेको हाम्रो बचत तथा ऋण सहकारी संस्था लिमिटेडले उत्कृष्ट व्यवस्या पुरस्कार प्राप्त गरेको छ । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघले २८औं वार्षिक साधारण सभाको अवसरमा उक्त पुरस्कार प्रदान गरेको हो ।
राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेलले संस्थाका अध्यक्ष शम्भु फुँयाल, प्रमुख कार्यकारी अधिकृत इन्द्र घिमिरे लगायत संस्थाका प्रतिनिधिलाई उक्त पुरस्कार प्रदान गरेका थिए । आर्थिक वर्ष २०७८/०७९ को कारोबारबाट संस्थाले उत्कृष्ट व्यवसाय पुरस्कार प्राप्त गरेको हो ।
संस्थामा ६ हजार ९ सय सदस्य आवद्ध भएका छन् । १६ करोड रुपैयाँ सेयर पुँजी रहेको हाम्रो साकोसको संस्थागत पुँजी १२ करोड रुपैयाँ रहेको छ । बचत १ अर्ब १५ करोड रुपैयाँ बचत रहेको संस्थाको वासलात १ अर्ब ७५ करोड रुपैयाँ रहेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
