२४ कात्तिक २०८३, मङ्गलबार

ललितपुर बचत संघमा विद्युतीय मेसिनबाट मतदान, ३० मिनेट मै नजिता

२०७९ भदौ २६, आईतवार
ललितपुर बचत संघमा विद्युतीय मेसिनबाट मतदान, ३० मिनेट मै नजिता

काठमाडौं : ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघको निर्वाचनमा विद्युतीय मेसिनबाट मतदान हुने भएको छ । संघको नयाँ नेतृत्व चयनको लागि भोली (सोमबार) हुने निर्वाचनमा सात वटा विद्युतीय मेसिन प्रयोग गरी मतदान गरिने जनाएको छ ।

संघले रामलक्ष्मण भोटिङ मेसिन प्रयोग गर्दैछ । गत निर्वाचनमा पनि संघले विद्युतीय मेसिनबाट मतदान सम्पन्न गरेको थियो । विद्युतीय मेसिनबाट भोट गर्न एक जनालाई २ देखि ५ मिनेट लाग्ने निर्वाचन समितिका संयोजक अधिवक्ता लक्ष्मण महर्जनले जानकारी दिए ।

भोटिङ मेसिनमा उम्मेदवारहरुको फोटो सहितको विवरण आउने र भोट राख्न मन नलागेमा स्किप समेत गर्न सकिने संयोजक महर्जनले बताए । निर्वाचनको मत परिणाम ३० मिनेट भित्रै आउने समेत उनले बताए ।

संघको नयाँ नेतृत्व चयनको लागि मतदानको समय १२ बजेदेखि ५ बजेसम्म तोकिएको छ ।

अभिलेख

लोकप्रिय