२४ कात्तिक २०८३, मङ्गलबार

ज्योतिपुञ्ज सहकारीको अध्यक्षमा नविन श्रेष्ठ

२०७९ भदौ २६, आईतवार
ज्योतिपुञ्ज सहकारीको अध्यक्षमा नविन श्रेष्ठ

काठमाडौं : ज्योतिपुञ्ज बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा नविन श्रेष्ठ चयन भएका छन् ।

संस्थाको १२औंं वार्षिक साधारण सभाले निर्विरोध रुपमा सञ्चालक समिति र लेखा समिति चयन गरेको हो ।

संस्थाको नवनिर्वाचित उपाध्यक्षमा रामेश्वर थापा, सचिवमा संगित प्रधान, कोषाध्यक्षमा सावित्रा कार्की रहेका छन् त्यस्तै सदस्यहरुमा प्रकाश श्रेष्ठ, बबीता अमात्य, गौरी कुमार खत्री चयन भएका छन् ।

त्यस्तै लेखा सुपरीवेक्षण समितिको संयोजकमा निशिमा आचार्य चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा एलिना थापा र गिता राउत निर्वाचित भएका छन् ।

यस अघि संस्थाको अध्यक्षमा अध्यक्ष नवराज कार्की थिए ।

आर्थिक वर्ष २०७८/७९ मा संस्थाको सेयर पुँजी १० करोड ५२ लाख पुगेको छ । संस्थाले १ अर्ब ३० करोड निक्षेप संकलन गरी १ अर्ब ५६ करोड कर्जा प्रवाह गरेको छ ।

संस्थाको जगेडा कोषमा ९ करोड ९३ लाख रहेको छ भने कुल संस्थागत पुँजी १० करोड ८६ लाख र अन्य कोषमा २ करोड ६५ लाख रहेको छ ।

संस्थामा ३ हजार ५ सय ८४ सदस्य आवद्ध भएका छन् ।

अभिलेख

लोकप्रिय