किसानलाई मल नदिएर व्यापारीलाई बेचेपछि सहकारी अध्यक्ष प्रहरी खोरमा
महोत्तरी : बर्दिबास नगरपालिका-९, स्थिती पशुपति जन उपभोक्ता सहकारीले बढी मूल्य लिएर व्यापारीलाई अनधिकृत रूपमा मल बेच्ने गरेको खुलेको छ । किसानले मल नपाइरहेको बेला सहकारीले व्यापारीलाई बढी मूल्य लिएर बेच्ने गरेको खुलेको हो ।
सहकारीका अध्यक्ष रामजतन महतोले भंगाहा नगरपालिकाका व्यापारी सन्जय साहलाई बेचेकाे मल लोड गर्दागर्दै स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएपछि घटना सार्वजनिक भएको हो । `शुक्रबार राति करिब ९ बजे मलखाद लोड गरेर भंगाहातर्फ जाँदै गर्दा स्थानीय युवाहरूले नियन्त्रण लिएका हुन्,´ विजय सिंहले भने ।
व्यापारी साहलाई पनि प्रहरीले पक्राउ गरेको छ । साहले प्रारम्भिक बयानमा उक्त सहकारीका सञ्चालक तथा अध्यक्ष महतोले आफूलाई मल बेचेको बताएका छन् । साहलाई उद्धृत गर्दै प्रहरीले भनेको छ, ‘हामीले साहलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेका छौँ, उनले धेरै कुरा खुलाएका छन् ।´
किसानहरूलाई मल वितरण गर्दा वडाले कुपनसहितको आफ्नै मापदण्ड बनाए पनि त्यसलाई अध्यक्ष महतोले खुलेआम बेवास्ता गरिरहेको वडा अध्यक्ष घुरन महतोको गुनासो छ ।
`किसानहरूलाई राहत होस् भन्ने उद्देश्यले हामीले कुपनको व्यवस्थापन गरेका छौँ तर डिपोमा पुगेपछि किसानहरू निराश भएर फर्कन्छन्,´ वडा अध्यक्ष महतोले भने । शुक्रबार राति मल वितरक महतोले तीन वटा टेम्पुमा राखेर मल भंगाहा पुर्याएको आरोप स्थानीयको छ । नगरपालिकाले किसानलाई मल वितरण गर्न हरेक वडामा एक सहकारीलाई जिम्मा दिएको हुन्छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार