सहकारीहरु नयाँ ढंगले पारदर्शिताका साथ अगाडी बढ्नु पर्छ : उपसभामुख पोखरेल
प्रकाश बन्जारा
इटहरी : प्रदेश नम्बर एक प्रदेशसभाकी उपसभामुख सरस्वती पोखरेलले सहकारी संस्थाहरु बचत तथा ऋण केन्द्रित भएको बताएकी छन् ।
शनिबार इटहरीमा आयोजना भएको सातवटा सहकारी संस्थाहरुको सयुक्त कार्यकुशलता तथा सिकाई व्यावस्थापन कार्यशालामा बोल्दै बोल्दै उपसभामुख पोखरेलले सहकारी संस्थाहरु आज घरघरमा विस्तार भएको र सहकारी अभियान सफल हुँदै गएको बताइन । हिजो सहकारी संस्था बनाउन, सदस्यलाई बुझाउन र संगठित गर्न निकै गाह्रो हुने गरेको स्मरण गर्दै अहिले व्यक्ति छानेर, रोजेर कुन सहकारीको सदस्य बन्ने त्यो रोजेर आफैँ आउने अवस्था बनेको पोखरेलले बताइन ।
एउटा सफल अभियानमा लागेका सहकारीहरु आफुलाई आवश्यक पर्दा ऋण लिने र आफुलाई आवश्यक पर्दा बचत गर्ने अवस्थामा पुगेको बताउँदै उपसभामुख पोखरेलले किसान कल्याण बचत तथा ऋण सहकारी पुर्वको अव्वल सहकारीको रुपमा विकास भएको बताइन । आफु पनि किसान कल्याणको सदस्य रहेको बताउँदै पोखरेलले सहकारी संस्थाहरुले सुसासनको पाटोलाई अत्यन्तै पारदर्शि बनाउनु पर्छ भन्ने हिसावले सातवटा सहकारी मिलेर अघि बढेकोमा खुसि व्यक्ति गरेकि थिइन ।

सहकारीहरुले कार्यकुसलता र सुसासनलाई पारदर्शि बनाउन सकेनौं भने अभियानमा सफल सहकारी योजनामा समेत सफल हुन जरुरी भएको बताइन । सहकारीहरुमा समस्या परेको समाचार सुनिरहँदा त्यो हिसावले सहकारीहरु नयाँ ढंगले पारदर्शिताका साथ अगाडी बढ्नु पर्ने समेत पोखरेलले बताएकि थिइन ।
सरकारले अगाडी सारेको तीनखम्वे अर्थनितिका लागि समेत सहकारीहरुको महत्वपुर्ण सहभागिता हुनुपर्ने र अर्थतन्त्रमा देखिएको समस्यामा राज्यमात्रै जिम्मेवार हुने नभई सबै सचेत भएमात्रै राज्यलाई संकटबाट जोगाउन सकिने बताएकि थिइन ।
एशियाली ऋण महासंघमा आवद्ध मेचि कोशी क्लष्टरका प्रथम सात वटा सहकारी संस्थाहरुको भेलामा सहभागिहरुलाई सम्बोधन गर्दै इटहरीको किसान कल्याण बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शालिकराम ढकालले एक्सेसमा आवद्ध नहुँदा सम्म आफुहरु आफ्नै हिसाबले संस्था संचालन गरिरहेको तर नेफ्स्कूनसँग सम्झौता गरेपछि कार्यक्रम अधिकृतहरुले आफ्नो आफ्नो संस्थामा आएर सहजिकरण गरेपछि धेरै सिकेको बताए ।

‘हामीलाई १०/१२ वर्ष पहिलेनै धेरै सहकारी बुझ्यौँ जस्तो लाग्थ्यो तर केहि बुझेका रहेनछौं’, उनले भने, ‘खासमा हिरा र हलुङ्गे उस्ता उस्तै देखिन्छ तर नबुझ्दा हिरा पनि हलुङ्गे र हलुङ्गेलाई हिरा बुझ्ने चलन भएको छ । नियम र परिधिमा चल्ने सहकारीहरुको संख्या एकदमै कम भएको छ ।’
हिरा र हलुगेलाई एउटै ढंगले मुल्यांकन गर्दा हिरा पनि हलुङ्गे जस्तै भएको ढकालले बताएका थिए । उपसभामुखलाई ध्यानाकर्षण गराउँदै अध्यक्ष ढकालले सुसासन कायम भएका संस्थालाई पुरस्कृत र सुसासन नभएका संस्थालाई डण्डा चलाउने काम पनि राज्यले गर्नुपर्ने बताएका थिए ।
समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्नका लागि सहकारी भन्दा अर्को उपाय नै नभएको बताउँदै ढकालले संविधानको प्रस्तावनामा भएको भावनालाई सम्बोधन गर्न सहकारीलाई पहल कदमि लिइदिनुपर्ने राज्यलाई सहकारी कर्मीहरुको आग्रह सुनाएका थिए ।
किसान कल्याण सहकारी संस्थाका उपाध्यक्ष नरेन्द्र कुमार श्रेष्ठले स्वागत मन्तव्य राख्दै नेफ्स्कुनले संस्थालाई अनुसासनमा हिड्न सिकाएको बताए भने जिल्ला सहकारी संघ सुनसरीका लेखा संयोजक फडिन्द्र दाहालले बारम्बार सहकारी अभियानमा लागिरहँदा पनि साना सहकारी संस्थालाई राम्ररी परिचालन गर्न नसकेको बताएका थिए ।
कार्यकुशता तथा सिकाई व्यावस्थापन कार्यशालामा रमाइलो जनएकता साकोसका व्यावस्थापनक कृष्ण कुमारीअधिकारी, मनकामना साकोसका सिइओ कल्याण बजगाई, मोरग साकेसका व्यावस्थापक निरज शाक्य, इटहरा साकोसका व्यावस्थापक राजन घिमिरे, सहारा साकोसका उपनिर्देशक दिनेश बहादुर निरौला, महिला साकोसकि सिइओ जुनुसा पुरी लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा उपस्थती भएका सातवटै साकोसका व्यावस्थापक तथा संचालकलाई नेफस्कुनका कोमल राज अधिकारी र रामकृष्ण भट्टराईले सहजिकरण गरेका थिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
