सदस्यहरुले आफ्नो जिम्मेवारी महशुस गर्नुभएनः ओमदेवी
काठमाडौं : राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लले बैंक वित्तीय संस्थाले तरलताको अभाव टार्न ल्याएको अस्वभाविक स्किमले गर्दा सहकारी क्षेत्रको तरलता प्रभावित बताएकी छिन् ।
‘मैले आजसम्म बैंकले २० वर्षमा १० गुणा पैसा दिन्छु भनेर स्किम ल्याएको देखेको थिईनँ,’ उनले भने, ‘यही स्किमले सहकारी क्षेत्र पीडित भएको हो ।’
नेपाल सहकारी पत्रकार समाज (सिजेएन)को १२ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा शुभकामना मन्तव्य राख्दै मल्लले सहकारी सदस्यहरुको स्वनियमन र नियन्त्रणमा संचालन हुने संस्था भएकाले समस्या उत्पन्न हुनुमा संचालकहरुका साथै सदस्यहरुको पनि दोष रहेको उनले भनाई राखिन् ।
‘सदस्यहरुले आफ्नो जिम्मेवारी महशुस गर्नुभएन,’ उनले भनिन्, ‘सदस्यले आफ्नो अधिकार खोज्ने मात्र नभई कर्तव्य पनि निर्वाह गर्नुपर्छ ।’
वरिष्ठ उपाध्यक्ष मल्लले समुदायमा आधारित सहकारीमा समस्या नरहेको प्रष्ट पार्दै पारिवारिकरुपमा संचालित तथा मूल्य, मान्यता, सिद्धान्त र नियम कानुन पालना नगर्ने सहकारीमा समस्या देखिएको प्रष्ट पारिन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
